बहुप्रतीक्षित सर्बिया निर्वाचन: पपुलिस्ट भर्सेस विद्यार्थी आन्दोलन

काठमाडौं– सर्बियामा आइतबार हुने संसदीय निर्वाचन विशेष अर्थपूर्ण छ । लामो समयदेखि सत्तामा रहेका अलेक्जेन्डर भुसिकका प्रतिस्पर्धीको रूपमा इलिजा उसडानोभिक देखिएका छन् । त्यसो त सर्बियाको राष्ट्रिय राजनीतिमा उनको उपस्थिति नै अपत्यारिलो हो । धेरैले अपेक्षा गरेभन्दा एकदमै फरक पनि हो । सन् २०१२ देखि सर्बियाको नेतृत्व गरेका भुसिकको विरुद्धमा अहिले खडा भएका इलिजाको चर्चा भने दुई वर्षयता भएको युवाहरूको आन्दोलनको कारण हो । सर्बियामा विद्यार्थीहरूले आफैंले सत्ता चलाउने हिम्मत गरेनन् । उनीहरूले २५० जना उम्मेदवार छनोट गरेर देशभरि उम्मेदवार बनाए । यी नै मध्येका नोभी साद विश्वविद्यालयका प्राध्यापक उसडानोभिक पनि एक हुन् । ‘न्यायिक आन्दोलनका लागि मेरा विद्यार्थीको पक्षमा म रहनु स्वाभाविक हो’, उसडानोभिकले आफ्नो उम्मेदवारीका बारे बताएका छन् । सर्बियाको उपप्रधानमन्त्री, प्रधानमन्त्री र त्यसपछि राष्ट्रपति भएका भुसिक फेरि एक पटक चर्चामा छन् । उनको उम्मेदवारीका विरुद्धमा खडा हुनु चानचुने पक्कै होइन । भुसिक आफैंलाई अहिलेको विद्रोही आवाज निर्वाचनमा आफ्नो विरुद्धमा उपस्थित हुने कुरा राम्रोसँग थाहा छ । एउटा समुदायमा उनको राम्रो पकड छ । उनको नेतृत्वमा सर्बियामा आर्थिक वृद्धिदर राम्रो थियो । साथै भौतिक संरचनाको विकासमा पनि उनको कार्यकाल महत्त्वपूर्ण ठहरिएको थियो । उनले विद्यार्थीको प्रदर्शन अन्तर्राष्ट्रिय समुदायको उक्साहटमा भएको आरोप लगाउँदै आएका छन् । उनले आफ्नो राष्ट्रवादी अडानका कारण भएको बताउँदै यसलाई परास्त गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । सर्बियाको विद्यार्थी आन्दोलनको कुनै घोषित नेता थिएन । यसकारण उक्त अभियानले भावी राष्ट्रपतिको रूपमा कसैको नाम पनि अघि सारेको छैन । पछिल्ला सर्वेक्षणका अनुसार निर्वाचन परिणाम अत्यन्त प्रतिस्पर्धात्मक हुनसक्छ । यदि यो अभियानले जित हात पारेमा भावी नेतृत्व यसै भन्न सकिने अवस्था छैन । तथापि उसडानोभिक पहिलो दाबेदार मानिएको छ । उक्त अभियानले उम्मेदवार बनाएका अन्य व्यक्तिमा खेलाडीदेखि अर्थशास्त्रीसम्म छन् । यिनीहरूमध्ये धेरै जना राजनीतिक पृष्ठभूमिका छैनन् । उनीहरूले कानुनसम्मत राज्य र वाक स्वतन्त्रताको विषय उठान गरेका छन् । यसैका लागि सत्तामा परिवर्तन उनीहरूको आवश्यकता हो । सञ्चारमाध्यमले सत्तारुढ दललाई समर्थन गरेका कारण पनि निर्वाचनमा असर गरेको कुरा विगतमा धेरै सर्वेक्षणले प्रस्ट पारेका छन् । दुई वर्षअघि नोदी साद रेलवे स्टेसनमा भएको दुःखद घटना नै अहिले अलेक्जेन्डरका लागि सबैभन्दा टाउको दुःखाइको विषय बनेको छ । कूटनैतिक रूपमा भुसिक सफल नेता हुन् । उनले युरोपेली युनियनको सदस्यताको विषयमा बारम्बार वार्ता अघि बढाएका छन् । साथै रुस र चीनसँग सुमधुर सम्बन्ध कायम राखेका छन् । उनले विद्यार्थीको हातमा सत्ता गएमा अन्तर्राष्ट्रिय सम्बन्ध तहसनहस हुने बताउँदै सर्बियाको भविष्यका लागि आफ्नो जित जरुरी भएको बताउँदै आएका छन् । संसारका अन्य देशमा चलेका पपुलिस्ट गतिविधि सर्बियामा पनि भुसिकको उदय पपुलिस्टबाट भएको हो । उनले अक्टोबर महिना लाग्नेबित्तिकै अभियान सुरु गरेका थिए । निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा उनी हजारौं समर्थकका माझ पुगेका थिए । टेलिभिजनमा उनको उम्मेदवारीको प्रत्यक्ष प्रसारण गरिएको थियो । के थियो भीषण रेल दुर्घटना ? सन् २०२४ नोभेम्बर १ मा नादी सादको रेलवे स्टेसनमा छाना खसेर १६ जनाको ज्यान गएको थियो । त्यस घटनाको निष्पक्ष छानबिनको मागसहित विद्यार्थीहरूले आन्दोलन गरेका थिए । यसपछि देशव्यापी रूपमा आन्दोलन सुरु भएको हो । विद्यार्थीहरूको सो आन्दोलनको मूल कारण भने घटनालाई सरकारले ढाकछोप गरेको भन्ने नै हो । सर्बियामा २५० सिटका लागि निर्वाचन हुँदैछ । सरकार गठनका लागि १२६ सिट आवश्यक छ । थ्रेसहोल्ड कटाउन ३ प्रतिशत मत आवश्यक छ । सर्वेक्षणमा अगाडि छन् भुसिक एउटा मत सर्वेक्षणअनुसार सत्तारुढ दलको पक्षमा ४४.३ तथा विपक्षी विद्यार्थी गठबन्धनको ४२.५ प्रतिशत मत छ । यसअघि सरकार पक्षधर भनिएको एउटा निकायले सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणअनुसार भुसिकको पक्षमा ४८.६ तथा विद्यार्थी गठबन्धनको पक्षमा ३७.१ प्रतिशत मत पाउने अनुमान गरिएको थियो । यसअघि कन्जरभेटिभतर्फ झुकाव राख्ने एउटा निकायले विद्यार्थी सङ्गठनको ४४.४ तथा भुसिक पक्षमा ४१.७ प्रतिशत मत रहेको देखाएको थियो । अहिलेको सर्बियाको मूल मुद्दा भनेको कोसोभोलाई कसरी लिने भन्ने नै हो । सर्बियाको पुरानो पुस्ताले डरलाग्दो गृहयुद्ध र ठुलो बमवारीको घटना देखेको छ । सन् १९९० को दशकको सुरुसम्म सर्बिया एउटा विशाल देश थियो । त्यसै युगोस्लाभिया अहिले ७ देशमा विभाजित छ । सर्बिया त्यसमध्येको सबैभन्दा विशाल हो । क्रोएसिया, मोन्टेनग्रो, स्लोभानिया, नर्थ मेसोडोनिया र बोस्निया एन्ड हर्ज गोभिना बारम्बार विभाजन भएर बनेका देश हुन् । कोसोभोले पनि सन् २००८ देखि आफूलाई स्वतन्त्र देश दाबी गरेको छ । फलाम र अटो-मेकानिकल इन्जिनियरिङको सवालमा सर्बिया अग्रणी छ । यो देशका युवा पुस्तामा स्वाभाविक विद्रोहको भाव देखिन्छ भने पुराना पुस्तालाई सन् १९९० को दशकको गृहयुद्ध र राज्यको विभाजनको घटना अझै ताजै छ । जे होस्, सर्बियाको निर्वाचन संसारका लागि प्रतीक्षाको विषय बनेको छ । एउटा विद्यार्थी आन्दोलनले दुई वर्षपछि निर्वाचनमा जित हात पारेर स्थापित सत्ता पल्टाउन सक्ने सम्भावना पनि जीवितै छ । – बीबीसी, अजजजिरा, एएनएसए डट आईएलगायतको सहयोगमा
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए
विराटनगर । सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको डुङ्गा (बोट) पल्टिएर आइतबार दिउँसो तीन जनाको मृत्यु भयो । बोट पल्टिएर डुबेका तीन जनाको शव सुनसरीको चतरा क्षेत्रबाट निकालिएको सुनसरी प्रहरीका... ...
_ImiemsL76Y.jpg)
कात्तिक ११ गतेसम्म मौसम ठिकठाक, १२ गते वर्षा
काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक... ...

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ
पेरिस, फ्रान्स । फ्रान्सभरि भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा ...

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
काठमाडौँ, कात्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको... ...


