Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक घाइते

बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक घाइते

काठमाडौं । भारतीय अभिनेता टाइगर श्राफको गाडीमा मुम्बईको जुहूस्थित पुष्पा पार्क क्षेत्रमा पाँच राउन्ड गोली प्रहार भएको छ । घटनामा उनका चालक र नजिकै रहेका एक अटोचालक घाइते भएका छन् । टाइगर भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचारअनुसार, फुटबल खेलेर गाडीमा फर्किरहेका टाइगरको गाडीलाई लक्षित गरी मोटरसाइकलमा आएका तीन जनाले अचानक गोली चलाएका थिए । घाइतेहरूलाई तत्कालै नजिकैको अस्पताल पुर्‍याइएको थियो । घटनापछि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरी आक्रमणकारीको खोजी थालेको छ । प्रहरीले आसपासका निगरानी क्यामेराका दृश्य जाँच गर्नुका साथै प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, लरेन्स गिरोहका अनिल पण्डित र हरमन सन्धुले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको दाबी गरिएको छ । सार्वजनिक गरिएको भनिएको सन्देशमा सलमान खानसँग काम गर्ने र गिरोहको कुरा नसुन्ने चलचित्र क्षेत्रका व्यक्तिहरूलाई लक्षित गर्ने धम्कीसमेत दिइएको उल्लेख छ । यद्यपि, घटनाको कारण र आक्रमणकारीको संलग्नताबारे प्रहरीले आधिकारिक रूपमा पुष्टि गरेको छैन । टाइगर श्राफ अभिनेता ज्याकी श्राफका छोरा हुन्। उनी हिन्दी चलचित्र क्षेत्रमा अभिनय र नृत्यका लागि परिचित छन् । The post बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

अमेरिकी आक्रमण भए ठुलो क्षति पुर्‍याउने इरानका नयाँ रक्षामन्त्रीको चेतावनी
ताजा खबरJust now

अमेरिकी आक्रमण भए ठुलो क्षति पुर्‍याउने इरानका नयाँ रक्षामन्त्रीको चेतावनी

काठमाडौँ । इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगीहरूले ठुलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् । इरानी संसद्बाट विश्वासको मत... ...

रातोपाटी
मलासका खसीबोका महेन्द्रनगर झरेपछि बढ्छ दसैंको रौनक
ताजा खबरJust now

मलासका खसीबोका महेन्द्रनगर झरेपछि बढ्छ दसैंको रौनक

डडेलधुराको मलास क्षेत्रका खसीबोका महेन्द्रनगर झरेपछि मात्रै दसैंको माहोल तात्छ । पूजाआजाका लागि होस् वा मासु खानका लागि अहिले मलासकै खसीबोकाको भर पर्नुपर्ने भएको स्थानीय बताउँछन् । ...

कान्तिपुर
दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
ताजा खबरJust now

दसैँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ । जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँ–तिहार मनाउन माइतीघर पुर्‍याउने तथा... ...

रातोपाटी
दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान
ताजा खबरJust now

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ। जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ। कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दशैँ–तिहार मनाउन माइतीघर पुर्याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन उक्त अभियान सुरु गरेको हो । उक्त समूहले तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ। दशैँको अवसरमा कातिक–३ गतेदेखि ६ गतेसम्म तथा तिहारको अवसरमा कातिक–२४ गतेदेखि २६ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play