दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ। जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ सञ्चालन गर्ने भएको छ। कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दशैँ–तिहार मनाउन माइतीघर पुर्याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन उक्त अभियान सुरु गरेको हो । उक्त समूहले तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ। दशैँको अवसरमा कातिक–३ गतेदेखि ६ गतेसम्म तथा तिहारको अवसरमा कातिक–२४ गतेदेखि २६ गते निःशुल्क यातायात सेवा अभियान सञ्चालन गर्ने तयारी गरिएको संयोजक सञ्जयकुमार राईले जानकारी दिए। “यातायात सेवा नपाएका तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पुर्याउने योजनासहित दुई चरणमा अभियान सञ्चालन गर्ने तयारी गरिएको छ”, उनले भने। अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्थाका तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिएका छन् । अभियानमा पुरुषलाई पनि आवश्यकता अनुसार सेवा दिइनेछ । अभियानका सहभागी हुन ३५ जना युवाले नाम दर्ता गराएका छन् । “स्वयम्सेवा गर्न इच्छुक युवा थपिनेक्रम जारी छ । मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकहरुको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराउने योजना बनाएका छौँ”, उनले भने । उनका अनुसार सेवा लिन चाहनेहरुले पनि विवरण टिपाउन थालेका छन् । सुरुमा विवरण टिपाएकालाई पहिलो प्राथमिकतामा राखेर निःशुल्क यातायात सेवा दिइनेछ । निःशुल्क सेवा लिन चाहनेले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला साथमा राख्न सक्नेछन् । जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको अभियानका संयोजक राईले जानकारी दिएका छन् । यो समूहले अभियानमार्फत २०८१ सालमा ३४५ जना र २०८२ सालमा ७०० जनालाई उक्त सेवा दिएको थियो । शुभेच्छुहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिँदै आएको अभियानका लागि एकपटकमा करिब रु चार लाख खर्च हुने गरेको जनाइएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैंको अर्थशास्त्र
दसैंमा भरिभराउ हुने घर–आँगन र चहलपहल हुने बस्तीको ठाउँमा सुनसान घर र रित्तिँदा गोठ देखिनु ग्रामीण अर्थतन्त्रको क्षयको प्रतीक बनेको छ। ...
![[अर्काइभ] सांसदहरूले यसरी गरेका थिए कूटनीति पासपोर्टको दुरुपयोग](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/rahadani-18102026071116-watermarked.jpg)
[अर्काइभ] सांसदहरूले यसरी गरेका थिए कूटनीति पासपोर्टको दुरुपयोग
छानबिन समितिले २०५५ सालमा रातो पासपोर्ट दुरुपयोग गर्ने १३ जना सांसदहरूको नामै किटेर प्रतिवेदन बुझाएको थियो । न्यायिक आयोग गठन भए पनि दोषीमाथि कारबाही भएन । ...

भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
जुम्ला । पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ । रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए । गाउँपालिकाले... ...

जुम्लामा मार्सीधान काट्ने चटारो
जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दसैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् । किसानहरुको दैनिकी अहिले बिहानैदेखि... ...


