Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित
Photo / Coverage: विश्वखबर

काठमाडौं – आन्तरिक राजस्व कार्यालय भद्रपुरले बढी आयकर दाखिला गर्ने चार करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८३ को सप्ताहव्यापी कार्यक्रम समापनका अवसरमा सोमबार आयोजित समारोहमा उनीहरूलाई सम्मान गरिएको हो । कार्यालयले झापाबाट एनएसबी ट्रेड एण्ड सप्लायर्स, इलामबाट अन्नपूर्ण ट्रेडर्स, ताप्लेजुङबाट आशिका आयल सप्लायर्स र पाँचथरबाट श्रेष्ठ ट्रेडिङ सप्लायर्सलाई सम्मान गरेको हो। सम्मानित करदातालाई फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा कार्यालयले उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा टीकाराम दाहाललाई पनि सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले इमान्दारीपूर्वक कर तिर्नु असल नागरिकको पहिचान भएको बताए । करबाट प्राप्त राजस्वले राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउने उल्लेख गर्दै उनले करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । “इमान्दारीपूर्वक कर तिर्नु राष्ट्रको समृद्धिमा योगदान गर्नु हो। करदातालाई सन्तुष्ट बनाएर कर सङ्कलन गर्न सक्नुपर्छ। कर न्याय छिटोछरितो हुनुपर्छ,” उनले भने । उनले सबै पक्षको साझा प्रयासबाट सुशासनयुक्त प्रशासन निर्माण गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए । आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत गोपालबहादुर थापाले करलाई राज्यले नागरिकबाट लिने अनिवार्य शुल्कका रूपमा मात्रै बुझ्न नहुने बताए । उनका अनुसार कर राज्य र नागरिकबीचको विश्वास, उत्तरदायित्व तथा विकास साझेदारीको महत्त्वपूर्ण कडी हो । नागरिकले आफूले तिरेको करको सही सदुपयोग भएको अनुभूति गर्न सके मात्रै कर प्रणालीप्रति विश्वास बढ्ने र सुशासन कायम हुने उनको भनाइ थियो । प्रमुख कर अधिकृत थापाले राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले उत्कृष्ट करदाता सम्मान, कर शिक्षा कार्यक्रम तथा अन्तरक्रियालगायत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाँकेको चिसापानीमा जात्राका क्रममा झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर
Latest NewsJust now

बाँकेको चिसापानीमा जात्राका क्रममा झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ । मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले एक स्थानीयमाथि कुटपिट गर्नुका साथै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान करिब ४ बजे चिसापानीमा १५ जनाको समूहले स्थानीय बानियाभार निवासी ४२ वर्षीय प्रेमबहादुर थापामाथि ...

केन्द्रबिन्दु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । राष्ट्र बैंकले तोकेको दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपेली तथा अन्य प्रमुख पश्चिमा मुद्राहरूको विनिमय दर पनि महँगो देखिएको छ । आज युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ...

लुम्बिनी सञ्चार
अयोध्या- जनकपुर चल्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतको भव्य तयारी (तस्बिरहरु)
Latest NewsJust now

अयोध्या- जनकपुर चल्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतको भव्य तयारी (तस्बिरहरु)

जनकपुरधाम– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनपछि अयोध्या धामबाट सोमबार दिउँसो १२ः३० बजे प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने […] ...

काठमाण्डुपाटी
गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी, एक विद्यालयको छाना उडायो
Latest NewsJust now

गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी, एक विद्यालयको छाना उडायो

असोजको बाढीबाट विस्थापित स्थानीयहरू मंगलबार बिहानदेखि चलेको भीषण हावाहुरीका कारण घरभित्रै बस्न बाध्य भएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement