Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बडादसैँ आज सकिँदै, कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरिँदै

बडादसैँ आज सकिँदै, कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
बडादसैँ आज सकिँदै, कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरिँदै

काठमाडौं, कात्तिक ८ । नेपालीले भव्य रूपमा मनाउने बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको दुर्गा पक्ष कोजाग्रत पूर्णिमामा समापन हुने गर्छ । यस दिन घटस्थापनामा राखिएका जमरा विसर्जन गर्नुका साथै माता दुर्गाका तीन प्रमुख रूपमध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदाइ गरिन्छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार साँझ महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने व्यक्तिको घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ । नवरात्र विजयादशमीकै दिन सकिए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमाको विशेष धार्मिक महत्त्व रहेको छ । यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझ अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादस्वरूप दसैँको टीका र जमरा लगाउनु शास्त्रसम्मत मानिन्छ । बिहानै दसैँघरका फूलप्रसाद र जमराका अवशेष नजिकको नदी, तलाउ, पोखरीलगायत तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ । भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने चलन सुरु हुन्छ । यसलाई दसैँको बिदाइसँगै तिहारको तयारी सुरु हुने समयका रूपमा समेत लिइन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

विद्युत निर्यातबाट एक महिनामै ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशमा पनि बिक्री सुरु
राजनीतिJust now

विद्युत निर्यातबाट एक महिनामै ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशमा पनि बिक्री सुरु

बाढीले केही जलविद्युत आयोजनाको उत्पादन ठप्प पारेर निर्यात प्रभावित बनाएको भए पनि नेपालले असोज महिनामा विद्युत बिक्रीबाट आम्दानी बढाएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोजमा भारततर्फ विद्युत निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यातसमेत पुनः सुरु ...

फरकधार
कास्कीमा पशुमा पूर्ण खोप कार्यक्रम, ३२ हजार ७९४ परिवार समेटिए
राजनीतिJust now

कास्कीमा पशुमा पूर्ण खोप कार्यक्रम, ३२ हजार ७९४ परिवार समेटिए

पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ ।  विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले वि.सं २०७६ देखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा पशुमा २ लाख १२ हजारभन्दा बढी मात्रा खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा ...

फरकधार
बाढीपहिरोका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध
राजनीतिJust now

बाढीपहिरोका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध

बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो ।   गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ऐ. गाउँपालिका–९ नयाँपुल (सोतिमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play