Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बडादसैँले समाजमा एकता, आत्मीयता र सद्भाव अभिवृद्धि गरोस् : प्रधानमन्त्री शाह

बडादसैँले समाजमा एकता, आत्मीयता र सद्भाव अभिवृद्धि गरोस् : प्रधानमन्त्री शाह

10/17/2026, 10:46:50 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बडादसैँले समाजमा एकता, आत्मीयता र सद्भाव अभिवृद्धि गरोस् : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादसैँले नेपाली समाजमा एकता, आत्मीयता र सद्भाव अभिवृद्धि गर्ने बताएका छन्। दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुने बताएका हुन्। प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बडादसैँको शुभकामना दिँदै यस पर्वले हरेक घरमा उत्साह, उमङ्ग र खुसी ल्याउने विश्वास व्यक्त गरेका छन्। विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने पर्वका रूपमा दसैँको विशेष महत्त्व रहेको उनको भनाइ छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण दसैँले नेपाली समाजमा एकता, आत्मीयता र पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै आएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कृतिलाई प्रतिबिम्बित गर्ने उनले बताएका छन्। दसैँ नेपालीहरूको सबैभन्दा चलायमान आर्थिक गतिविधि हुने पर्वसमेत रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आर्थिक सम्पन्नताले चाडपर्वको रौनक थपिने बताएका छन्। देशलाई आर्थिक समृद्धि र सुशासनको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाको पीडा ताजै रहेका बेला दसैँ आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारी दिएका छन्। यसअघि भूकम्प, कोभिड महामारी र जेनजी आन्दोलनपछिको तनावपूर्ण परिस्थितिमा समेत नेपालीहरूले आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परालाई निरन्तरता दिएको स्मरण गर्दै उनले प्रतिकूल अवस्थामा पनि मौलिक संस्कृतिको संरक्षण हुँदै आएको बताएका छन्। प्रधानमन्त्री शाहले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गरेका छन्। उनले प्रत्येक व्यक्तिले आफूभित्र रहेका नकारात्मक प्रवृत्तिलाई पहिचान गरी तिनमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिएका छन्। काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानवीय दुःखका कारणमाथि विजय प्राप्त गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको सन्देश छ। पछिल्लो समय गाउँघरका घरआँगन रित्तिँदै गएको तथा रोजगारी र जीविकोपार्जनका लागि लाखौँ नेपाली विदेशिन बाध्य भएको अवस्थाप्रति पनि प्रधानमन्त्री शाहले चिन्ता व्यक्त गरेका छन्। चाडपर्वमा परिवारसँग भेटघाट गर्ने चाहना हुँदाहुँदै पनि घर फर्कन नपाई विदेशमै बस्नुपर्ने नेपालीहरूको अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका छन्। देशको समृद्धि र नागरिकको सुखद जीविकोपार्जनलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आर्थिक सम्पन्नता र सुशासनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दसैँको मूल सन्देशलाई आत्मसात् गर्दै सत्य र सुशासनको मार्गमा अघि बढ्न माता दुर्गाभवानीबाट सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै उनले सम्पूर्ण नेपालीमा आरोग्य, सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

एक लाख ८७ हजार मतदाता थपिए
ताजा खबरJust now

एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौंं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । ...

केन्द्रबिन्दु
ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
ताजा खबरJust now

ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु । शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । निजको सनाखत भएको छैन । अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका ...

केन्द्रबिन्दु
छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो
ताजा खबरJust now

छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइएको छ । शनिबार बिहान ललितपुरस्थित श्रेष्ठको घरमा प्रहरी पुगेको थियो । उनलाई अहिले साइबर ब्यूरो ल्याएर छलफलको तयारी गरिएको साइबर ब्यूरो स्रोतले लोकपथलाई जानकारी दियो । ‘हो, उहाँलाई भर्खरै साइबर ब्यूरो ल्याइएको छ,’ स्रोतले लोकपथसँग भने । कमेडियन एवं रास्वपा नेपाल हिमेश […] ...

लोकपथ
दसैँको चहलपहल, गाडीमा यात्रुको चाप
ताजा खबरJust now

दसैँको चहलपहल, गाडीमा यात्रुको चाप

जनार्जन खत्रीसर्लाही, असोज ३१ गते । सर्लाहीमा दसैँको चहलपहल तीव्र रुपमा बढ्न थालेको छ । सडक, बजारमा मानिसको आउजाउ बाक्लिँदै गएको देखिन्छ । काठमाडौँ उपत्यकामा अध्ययन तथा रोजगारीका ल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play