बडादसैँमा प्रधानमन्त्री शाहको शुभकामना: सत्य र सुशासनको बाटोमा अघि बढौँ

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गरेका छन्। दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको एकता र पारिवारिक मिलनको पर्वका रूपमा लिँदै उहाँले यो पर्वले सबैमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गरेका छन्। शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गरे। उनले काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानवीय नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्दै सत्य र सुशासनको बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने सन्देश दिए। यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विपद्का घटनाप्रति दुःख व्यक्त गर्दै उनले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन। प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको उनले जानकारी दिए। रोजगारी तथा आर्थिक अवसरको अभावमा विदेशिन बाध्य नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले चाडपर्वका अवसरमा परिवारसँग भेटघाट गर्न नपाउने नेपालीको नियति बदल्न सबैको सहकार्य आवश्यक रहेको बताए। आर्थिक अभावका कारण दसैँजस्तो पर्व कसैका लागि बोझ बन्न नहुने उल्लेख गर्दै उहाँले देशको समृद्धि, नागरिकको सुखद जीविका र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताए। अन्त्यमा, उनले माता दुर्गाभवानीको कृपा सबैमा रहिरहोस् भन्दै सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![मिथिलाञ्चलमा ‘बेलतोडी’: यस्तो विधि र परम्परा [भिडियो]](https://hamrakura.com/uploads/news/images/beltodi-dhanusha.jpg)
मिथिलाञ्चलमा ‘बेलतोडी’: यस्तो विधि र परम्परा [भिडियो]
जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज ‘बेलतोडी’ विधि सम्पन्न भएको छ । ...

भुटनदेवी मन्दिरमा सलामीसहित भित्र्याइयो फूलपाती
भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ । ...

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो
पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीकाे साइबर ब्यूरोले बाेलाएकाे छ । ...

निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा बनेको नुवाकोटको ढुङ्गे-त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालन
नुवाकोट । नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा-भोटेकोशी बाढीपछिको संकट समाधानका लागि केवल एक महिनाको छोटो अवधिमै सम्पन्न गरिएको उक्त पुल सञ्चालनमा आएको हो । एक कार्यक्रमबीच महासंघका अध्यक्ष निकोलस पाण्डेले पुलको उद्घाटन गर्नुभयो । गत भदौ १० ...


