बझाङ।बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। बुधबार बिहान पौने ९ बजे से ००१ च ४३७६ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामी रहेका छन्। काँडाचौरबाट बाग्थलातर्फ आउँदै गरेको जीपमा १५ जना सवार थिए। दुर्घटनामा अन्य सात जना सामान्य घाइते भएका छन्। प्रारम्भिक अनुमानअनुसार ब्रेक फेल भएर दुर्घटना भएको हो। घाइतेलाई जिल्ला अस्पताल सिमखेत पुर्याइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।
बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






