Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बजारमा माग बढ्दो, खेती घट्दोः जुम्लामा हराउँदै कोदो

बजारमा माग बढ्दो, खेती घट्दोः जुम्लामा हराउँदै कोदो

10/26/2026, 7:11:12 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बजारमा माग बढ्दो, खेती घट्दोः जुम्लामा हराउँदै कोदो

काठमाडौं – बजारमा कोदोको पिठोको माग बढ्दै गए पनि जुम्लामा कोदो खेती गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ । रैथाने बालीप्रति उपभोक्ताको आकर्षण बढिरहेको समयमा उत्पादन गर्ने किसान घट्न थालेपछि जिल्लामा परम्परागत कोदो खेती सङ्कटमा पर्न थालेको छ । युवा पुस्ता कृषि पेसाबाट टाढिँदै जानु, खेतीयोग्य जमिन बाँझो रहनु र कोदो खेती विस्तारमा सम्बन्धित निकायको चासो नदेखिनुले यसको उत्पादनमा असर परेको किसानको भनाइ छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लामा कोदो खेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय घट्दै गएको छ । बजारमा कोदोको पिठोको माग उच्च रहे पनि त्यसअनुसार उत्पादन बढ्न सकेको छैन । कोदोको उत्पादन वृद्धि, खेती विस्तार र उपभोग प्रवर्द्धनका लागि स्थानीय तहले पर्याप्त ध्यान दिन नसकेको किसानको गुनासो छ । तिला गाउँपालिका–१ राराका अगुवा किसान नर रावतले लोपोन्मुख बन्दै गएको कोदो खेतीको संरक्षण र प्रवर्द्धनमा सम्बन्धित निकायले चासो नदिएको बताए। गाउँघरमा कोदो खेतीप्रति किसानको आकर्षण घट्दै गएको र तरकारी तथा नगदेबालीतर्फ बढी ध्यान दिन थालिएको उनको भनाइ छ । जिल्लाका तिला, हिमा, सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा कोदो खेती बढी हुने गरेको छ । तर, परम्परागत रूपमा खेती हुँदै आएका क्षेत्रमा समेत पछिल्लो समय उत्पादन र खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको तिला गाउँपालिका–५ का वडाध्यक्ष ललित शाहीले बताए । कोदो खेती घट्दै गए पनि बजारमा यसको पिठोको माग भने बढिरहेको स्थानीय व्यापारी अर्जुन बुढाको भनाइ छ। हाल कोदोको पिठो प्रतिकिलो करिब २०० रुपैयाँमा बिक्री हुने गरेको छ । विशेषगरी आन्तरिक पर्यटकले रैथाने परिकार रुचाउन थालेपछि कोदोको पिठोको माग बढेको व्यापारी बताउँछन् । बजारमा राम्रो मूल्य र माग हुँदाहुँदै पनि उत्पादन बढ्न नसक्नुले स्थानीय कृषि प्रणालीमा देखिएको चुनौती उजागर गरेको छ । दशकअघिसम्म जुम्लाका ग्रामीण क्षेत्रका उच्च भेगमा कोदो खेती व्यापक रूपमा गरिन्थ्यो। अहिले भने परम्परागत अन्नबाली लगाउने पाका पुस्तामा मात्र यसको खेती सीमित हुँदै गएको छ। युवापुस्ताले कृषि पेसामा रुचि नदेखाउँदा खेतीयोग्य जमिन बाँझो बन्ने क्रम बढेको छ । यसले कोदो मात्रै नभई जिल्लामा उत्पादन हुँदै आएका अन्य रैथाने बालीसमेत लोप हुने जोखिम बढाएको किसानको चिन्ता छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जुम्लामा गत आर्थिक वर्षमा तीन हजार ८५० मेट्रिक टन कोदो उत्पादन भएको थियो। जिल्लाका आठवटै स्थानीय तहमा दुई हजार ७४० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको कार्यालयले जनाएको छ। यद्यपि, कार्यालयका अनुसार पछिल्ला वर्षमा उत्पादन घट्दै गएको छ । बजारमा माग बढिरहेको अवस्थामा कोदो खेतीको संरक्षण, उत्पादन वृद्धि र व्यावसायिक प्रवर्द्धनका कार्यक्रम अघि बढाउन सके किसानलाई आर्थिक लाभ पुग्नुका साथै रैथाने बालीको संरक्षणमा पनि सहयोग पुग्न सक्छ । स्थानीय तहले बीउ, प्राविधिक सहयोग, उत्पादनको बजारीकरण र युवा सहभागिता बढाउने कार्यक्रमलाई प्राथमिकता दिन सके जुम्लाको परम्परागत कोदो खेतीलाई पुनर्जीवन दिन सकिने सम्भावना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
ताजा खबरJust now

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

रातोपाटी
दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
ताजा खबरJust now

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर

काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

लोकपथ
इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
ताजा खबरJust now

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
लिमीमा पुगेन अनुदानको खाद्यान्न
ताजा खबरJust now

लिमीमा पुगेन अनुदानको खाद्यान्न

हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play