बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका । बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेङ्गु ज्वरोका नयाँ विरामी देखिएका छन् । यो एकै दिनमा सङ्क्रमित भई अस्पताल पुग्ने विरामीको सङ्ख्या आइतबार यस वर्षको सबैभन्दा उच्च सङ्ख्या हो। बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार स्थानीय समय आइतबार बिहान ८ बजेसम्मको २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष डेङ्गुका कुल बिरामी एक लाख २३ हजार ९४८ पुगेका छन् भने यसका कारण मृत्यु हुनेको सङ्ख्या ३८४ पुगेको छ । यस वर्ष अक्टोबरमा मात्र १३९, सेप्टेम्बरमा १४८, अगस्टमा ४३, जुलाईमा ३६ र जुनमा १३ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा सामान्यतया मनसुन मौसमको रोग मानिने डेङ्गु ज्वरो अहिले जुन–सेप्टेम्बर अवधिभन्दा बढी समय पनि फैलिरहेको छ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले हालै सम्बन्धित अधिकारीहरूलाई डेङ्गु रोकथामका लागि जनचेतना अभियान सञ्चालन गर्न र नियन्त्रण प्रयासमा सरकारलाई सहयोग गर्न निर्देशन दिएका छन् ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

लिमीमा पुगेन अनुदानको खाद्यान्न
हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...


