फ्रान्समा हिंस्रक प्रदर्शनपछि गृहमन्त्रीले दिए राजीनामा, राष्ट्रपति म्याक्रोनले गरे अस्वीकार

काठमाडौं- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गृहमन्त्री लोरन्ट नुनेजको राजीनामा अस्वीकार गरेका छन् । शैक्षिक अवस्थाप्रति असन्तुष्ट विद्यार्थीहरू र महँगीबाट आक्रोशित समूहहरूले गरेको देशव्यापी प्रदर्शन व्यापक दङ्गा र लुटपाटमा परिणत भएपछि गृहमन्त्री नुनेजले राजीनामा दिएका थिए । सोमबार राष्ट्रपति कार्यालयले जनाएअनुसार म्याक्रोनले प्रहरी र सुरक्षा निकायभित्रको चेन अफ कमान्ड कायम राख्न नुनेज आफ्नो पदमै रहनुपर्ने बताएका छन् । साथै राष्ट्रपति म्याक्रोनले गृहमन्त्रीलाई लुटेराहरूसँग जुध्न नयाँ तरिकाहरू तय गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, राष्ट्रपतिले नुनेजलाई ‘हिंसा भड्किनुमा जिम्मेवार योजना र इन्टेलिजेन्ससम्बन्धी कमजोरीहरूमाझ पूर्ण पारदर्शिता सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्न’ आग्रह गरेका छन् । गृह मन्त्रालयका अनुसार शनिबारको प्रदर्शनमा २ हजार ३०० भन्दा बढी मानिसहरू पक्राउ परेका थिए । करिब १ हजार प्रहरी र सुरक्षाकर्मी घाइते भएको मन्त्रालयले जनाएको छ । प्रदर्शनकारीहरूतर्फ पनि घाइते भएको खबर छ । जसमध्ये प्रहरीको भिड नियन्त्रण गर्ने ग्रेनेड लागेर एक प्रदर्शनकारीको हातै उडेको छ। यस देशव्यापी प्रदर्शनमा फ्रान्सेली शिक्षा प्रणालीमा सुधारको माग गर्ने विद्यार्थीहरू तथा महँगी र खस्किँदो सार्वजनिक सेवाप्रति विरोध जनाउने सर्वसाधारण एकै ठाउँमा भेला भएका थिए। शनिबार भएको प्रदर्शनमा ५ लाखभन्दा बढी मानिसहरू सहभागी भएका थिए। धेरै शहरहरूमा लुटपाट, आगजनी र सम्पत्तिको तोडफोड भएको थियो। नकावधारी उपद्रवीहरूले टाउन हल, प्रहरी चौकी र अन्य सरकारी भवनहरूमा आक्रमण तथा आगजनी गरेका थिए । सोमबार नुनेजले प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रण गुमाएको कुरा स्वीकार गरेका छन् । ‘शनिबार केही प्रमुख शहरहरूमा सयौँ पसलहरू लुटिएपछि पसलेहरूको आँखामा हेरेर हामीले नियन्त्रण गुमाएका थिएनौँ भनेर भन्न सक्ने अवस्था थिएन’, नुनेजले भने । शनिबार सुरक्षा बल परिचालनमा ‘पूर्वअनुमानको कमी’ भएको स्वीकार गर्दै नुनेजले प्रदर्शनको आडमा उत्रेका दङ्गाकारी र लुटेराहरूको ठूलो भिडसँग जुध्न सुरक्षाकर्मीको संख्या अपर्याप्त रहेको बताए । उनका अनुसार त्यस दिन देशभर करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । ‘भएको क्षतिलाई हेर्दा, मैले राजीनामा बुझाउनु नै उचित कदम थियो’, नुनेजले भने । लुटपाट आइतबार पनि जारी रह्यो। पेरिसका मेयर इम्यानुएल ग्रेगोइरले सोमबार दिएको जानकारीअनुसार अघिल्लो दिन राजधानीमा करिब ३० वटा पसलहरूलाई निशाना बनाइएको थियो, जसलाई उनले ‘असह्य’ दृश्यका रूपमा वर्णन गरेका छन् । नुनेजका अनुसार पेरिसमा आइतबार र रातभरिमा करिब ३५० जना पक्राउ परेका थिए । कानुनमन्त्री जेराल्ड डार्मानिनका अनुसार सप्ताहन्तभरिमा देशभरबाट २ हजार ३३० भन्दा बढी मानिसहरूलाई प्रहरी हिरासतमा लिइएको थियो, जसमध्ये ७० प्रतिशत वयस्क थिए। यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा ठूलो युवा नेतृत्वको विरोध आन्दोलन हो ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

ओमानलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता
काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा ओमानलाई १० रनले पराजित गरेर छैठौ स्थान सुरक्षित गर्दै एकदिवसीय मान्यता जोगाएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछाएको ओमानले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको हो । ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ८९ रन बनाएका थिए भने हम्माद मिर्जाले ८७ रन बनाएका थिए । त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह ...

प्लेयर अफ द म्याच बनेका दीपेन्द्रले के भने ?
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा विकेट राम्रो भए पनि विपक्षी टोलीले राम्रो साझेदारी गर्दा दबाब बढेको बताएका... ...

दसैँ साधना र आत्मचिन्तनको पर्व हो, खानेपिउनेमा मात्रै सीमित नबनाऔँ : संस्कृतिविद् टण्डन
नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गरेका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसकेका छन् । गुठी संस्थान... ...

विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित
ओमानको अल अमेरतस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । ...


