Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ओमानलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

ओमानलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओमानलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा ओमानलाई १० रनले पराजित गरेर छैठौ स्थान सुरक्षित गर्दै एकदिवसीय मान्यता जोगाएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछाएको ओमानले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको हो । ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ८९ रन बनाएका थिए भने हम्माद मिर्जाले ८७ रन बनाएका थिए । त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले २-२ विकेट लिएका थिए । त्यस्तै नन्दन यादव र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २८० रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्बाधिक ८० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ६९, देव खनालले ५७ रन र इशान पाण्डेले २९ रन बनाएका थिए । यो जितपछि नेपालको ३६ खेलमा ३० अंक हासिल गर्दै छैठौं स्थान सुरक्षित गरेको छ । त्यसैगरी ओमान भने ३२ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ । The post ओमानलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया
ताजा खबरJust now

बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया

२०४० सालमै पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । स्रोत अभावले रोकिएको आयोजनामा असोज २५ गतेको बाढीले थप अन्योल सिर्जना गरेको छ । ...

कान्तिपुर
महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने
ताजा खबरJust now

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, भोलि बिहान ५ बजेदेखि दर्शन गर्न पाइने

काठमाण्डु – विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले सोमबार आयोजना गरेको सरोकार भएका […] ...

काठमाण्डुपाटी
दसैं बिदा नलिई सेवामा सक्रिय दमकल, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका कर्मचारी
ताजा खबरJust now

दसैं बिदा नलिई सेवामा सक्रिय दमकल, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका कर्मचारी

दसैंमा सरकारी कार्यालय बन्द भए पनि आगलागी, दुर्घटना र बिरामीको उपचारजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालनमा छन् । परिवारसँग चाडपर्व मनाउने रहर थाती राखेर दमकल, एम्बुलेन्स, रक्तसञ्चार सेवा र अस्पतालका कर्मचारी सेवामा खटिएका छन् । ...

कान्तिपुर
ओमानविरुद्ध नेपाल १० रनले विजयी
ताजा खबरJust now

ओमानविरुद्ध नेपाल १० रनले विजयी

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो।  ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।  ओम... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play