Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/फ्रान्समा चर्कियो आन्दोलन, पेरिसदेखि लियोनसम्म आगजनी र तोडफोड

फ्रान्समा चर्कियो आन्दोलन, पेरिसदेखि लियोनसम्म आगजनी र तोडफोड

10/18/2026, 2:07:48 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा चर्कियो आन्दोलन, पेरिसदेखि लियोनसम्म आगजनी र तोडफोड

फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् । शनिबार पेरिसमा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको छ । लियोन सहरको एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ । लिल र मार्सेली सहरमा प्रदर्शनकारीले नगरपालिका भवनहरूमा तोडफोड गरेका छन्। शनिबार दिनभर भएको प्रदर्शनका क्रममा देशभरबाट चारसय बढीलाई पक्राउ गरेको छ। प्रर्दशनमा धेरैजसो युवाहरु सहभागि छन् । फ्रान्समा भइरहेको प्रदर्शनबारे अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले फ्रान्समा भइरहेका विद्यार्थी नेतृत्वका प्रदर्शनको कारण आप्रवासनलाई दोष दिएका छन् । शिक्षा क्षेत्रमा बजेट कटौती र विद्यालयहरूको ‘दयनीय’ अवस्थाको विरोधमा भइरहेका प्रदर्शन जारी रहँदा उनले यस्तो टिप्पणी गरेका हुन्। भान्सले भने, ‘पश्चिमा उदारवादीहरूले विविधता र करुणाको नाममा तेस्रो विश्वका मानिसहरूलाई फ्रान्स र अन्य देशहरूमा भित्र्याए। उनीहरूले समायोजन र सांस्कृतिक अनुकूलतासम्बन्धी आधारभूत प्रश्नहरूलाई बेवास्ता गरे। यसले यस्तो अवस्था निम्त्याउनेछ भनेर उनीहरूलाई चेतावनी दिइएको थियो, तर उनीहरूले सुनेनन्। सुन्दर देश फ्रान्सले आफ्ना थप ऐतिहासिक धरोहरहरू जल्नुअघि नै यसलाई रोक्नुपर्छ । साथै, अमेरिकीहरूले पनि यसबाट पाठ सिक्नुपर्छ ।’ यता, फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पूर्व ‘येलो भेस्ट’ आन्दोलनका अगुवाहरू उच्च माध्यमिक तहका विद्यार्थीहरूको समर्थनमा प्रदर्शनमा सहभागी हुने तयारीमा छन्। सन् २०१८ मा फ्रान्समा सुरु भएको ‘येलो भेस्ट’ आन्दोलनले इन्धनको मूल्यवृद्धि र आर्थिक असमानताको विरोधमा हजारौँ मानिसलाई सडकमा उतारेको थियो। त्यसबेला प्रदर्शनकारीहरूमाथि प्रहरीले रबरका गोली प्रहार गरेको थियो। झडपमा २,५०० भन्दा बढी प्रदर्शनकारी र १,८०० प्रहरी कर्मचारी घाइते भएका थिए। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले फ्रान्स २४ सँग कुरा गर्दै क्रयशक्ति घट्दै गएको विरोधमा भएका प्रदर्शनमा ५ लाख ५० हजार मानिस सहभागी भएको बताए। उनका अनुसार राजधानी पेरिसमा मात्रै १ लाख १० हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए। तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ४०० प्रदर्शनकारीलाई पक्राउ गरेको पनि उनले बताए। फ्रान्स २४ को रिपोर्टअनुसार, इन्धनको मूल्यवृद्धिको विरोधमा देशभर प्रदर्शन गर्ने योजना बनाइएको छ, जसलाई वामपन्थी पक्षले समर्थन गरेको छ। तर, ‘येलो भेस्ट’ आन्दोलनका कार्यकर्ताहरूले सुरुमा ती प्रदर्शनमा आफ्नो संलग्नता रहेको भन्ने कुरालाई अस्वीकार गरेका थिए। रोड्रिगेजले भने,‘अक्टोबर १७ का प्रदर्शनको पछाडि कुनै पनि ‘येलो भेस्ट’ थिएन। अहिले मानिसहरूले इन्धन र असन्तुष्टिका विषयमा कुरा गर्नासाथ उनीहरूलाई तुरुन्तै ‘येलो भेस्ट’ भनेर चिनाउन थालिन्छ। यो एउटा ब्रान्डजस्तै बनेको छ।’ यद्यपि, अर्की अभियन्ता सोफी टिसियरले सन् २०१८ को आन्दोलन र अहिले भइरहेको विरोध प्रदर्शनबीच समानता रहेको बताइन्। उनले भनिन्, ‘यो आन्दोलन पूर्ण रूपमा जायज छ। फ्रान्सेली जनता थाकिसकेका छन्।’ अभियन्ता रोड्रिगेजले पनि सन् २०१८ को आन्दोलनमा सहभागीहरूको असन्तुष्टि अझै बाँकी रहेको उल्लेख गर्दै भनिन्,‘येलो भेस्टका रूपमा हामीले त्यो संघर्ष पूरा गर्न नसकेको निराशा अझै बोकेका छौँ। सायद हामी नयाँ जनआन्दोलनको लहरको प्रतीक्षामा थियौँ, जसमा सहभागी भएर हामीले सुरु गरेको संघर्ष पूरा गर्न सकौँ।’ यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले जारी प्रदर्शनका क्रममा भएको हिंसाप्रति कडा प्रतिक्रिया जनाएका छन्। पछिल्ला केही सातादेखि मुख्यतः विद्यार्थीहरूले विद्यालयको ‘दयनीय’ अवस्था र प्रहरीको अत्यधिक बल प्रयोगको विरोधमा हिंसात्मक प्रदर्शन गर्दै आएका छन्। म्याक्रोंले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै तोडफोड र लुटपाटमा संलग्न प्रदर्शनकारीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ‘अराजकता फैलाउनेहरू’ विरुद्ध एकजुट हुन पनि आह्वान गरेका छन्। उनले लेखेका छन्, ‘हाम्रो गणतन्त्रमा हिंसाका लागि कुनै ठाउँ छैन। सरकारी प्रशासनिक कार्यालयहरूमा तोडफोड गर्ने, आक्रमण गर्ने, व्यवसायमा क्षति पु¥याउने र नगरपालिकाका कार्यालयहरूसमेत लुटपाट गर्नेहरूलाई कानुनी प्रक्रियामार्फत कारबाही गरी सजाय दिइनेछ । प्रदर्शन गर्ने अधिकारको रक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीहरूप्रति समर्थन व्यक्त गर्दछु। हामी सबै मिलेर अराजकता फैलाउन खोज्नेहरूविरुद्ध एकजुट हुनेछौँ। उनीहरूको उद्देश्य केवल हाम्रा संस्थाहरूलाई कमजोर बनाउनु र शान्तिपूर्ण रूपमा आफ्ना माग राख्नेहरूलाई रोक्नु हो।’ फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पनि बढ्दो अशान्तिको निन्दा गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्नु वैध अधिकार भएको उल्लेख गर्दै आगजनी, लुटपाट तथा सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण सह्य नहुने स्पष्ट पारेका छन्। फ्रान्स २४ का अनुसार, प्रदर्शनका क्रममा अवस्था निकै हिंसात्मक बनेको थियो। घटनामा एक प्रदर्शनकारीको हात गुमेको, विभिन्न स्थानमा आगजनी भएको र दर्जनौँ खुद्रा पसलहरू लुटपाट गरिएको थियो। देशभर फैलिएको यो अशान्ति पछिल्ला केही सातादेखि जारी विद्यार्थी नेतृत्वका प्रदर्शनकै निरन्तरता हो। यसले फ्रान्सको राजनीतिक संकटलाई थप गहिरो बनाएको छ। देशमा आगामी निर्वाचन हुन अब करिब छ महिना मात्रै बाँकी रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दशैंका सामान भित्र्याउन ३ दिनका लागि खुल्यो तातोपानी नाका
OthersJust now

दशैंका सामान भित्र्याउन ३ दिनका लागि खुल्यो तातोपानी नाका

दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुला गरिएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट शनिबार बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका सञ्चालनमा ल्याएको हो। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका ...

पर्दाफास
फ्रान्समा भइरहेको आन्दोलनबारे जान्नुपर्ने कुराहरू
OthersJust now

फ्रान्समा भइरहेको आन्दोलनबारे जान्नुपर्ने कुराहरू

१ कात्तिक, काठमाडौं । शनिबार फ्रान्सभरि महँगी र इन्धनको बढ्दो मूल्यको विरोधमा र्‍याली निकाल्ने तयारी गरिएको छ। यो विरोध प्रदर्शन देशमा आर्थिक र सामाजिक संकट गहिरो बन्दै गएको समयमा भएको छ। विद्यालय सुधारको माग गर्दै हप्तौंसम्म चलेका विद्यार्थी आन्दोलनले यसलाई थप बल पुर्‍याएको छ। केही प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल अकाउन्टमार्फत आन्दोलनको आह्वान गरेका छन्। यी अकाउन्टहरू करिब… ...

अनलाइन खबर
दशैंमा घर फर्किनेको लर्को, झन्डै पाँच लाखले छाडे काठमाडौँ उपत्यका
OthersJust now

दशैंमा घर फर्किनेको लर्को, झन्डै पाँच लाखले छाडे काठमाडौँ उपत्यका

बडादशैं मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको छ । गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र ...

पर्दाफास
राखी सावन्तविरुद्ध पक्राउ पुर्जी, भनिन्- ‘जेल जान तयार छु’
OthersJust now

राखी सावन्तविरुद्ध पक्राउ पुर्जी, भनिन्- ‘जेल जान तयार छु’

बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको उत्तर प्रदेशस्थित झाँसीको अदालतले गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ । सन् २०१० मा उनको टेलिभिजन कार्यक्रम ‘राखी का इन्साफ’ मा सहभागी एक व्यक्तिको आत्महत्यासम्बन्धी पुरानो मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । पटक–पटक बोलाउँदा पनि अदालतमा उपस्थित नभएपछि अक्टोबर १६ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play