दशैंका सामान भित्र्याउन ३ दिनका लागि खुल्यो तातोपानी नाका

दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुला गरिएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट शनिबार बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका सञ्चालनमा ल्याएको हो। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले नाका खुल्ने प्रतीक्षामा लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको जानकारी दिए। उनका अनुसार चीनको सिचाङस्थित न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा छन्। चीनले गत भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। अस्थायी रूपमा नाका खुलेपछि चाडपर्वका लागि आवश्यक सामग्री भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मिथिलाको विशेष पकवान पुरी
चना वा मुगको दाल मिसाएर बनाइने पुरी मिथिला क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्वहरूको अनिवार्य परिकार हो । ...

देशभरि चल्ने सवारीसाधनबाट सरकारले वर्षमा कति उठाउँछ कर ?
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय विभाज्य कोषमा जम्मा भएको सवारीसाधन कर बाँडफाँटको हिस्सा निर्धारण र सिफारिस गर्दै आएको छ । ...

कफी विथ करण–९ मा रश्मिका भन्छिन्, ‘विजयसँग विवाह गर्न एक वर्षसम्म पछि लागेँ’
बलिउड निर्माता तथा निर्देशक करण जोहरको चर्चित सेलिब्रिटी च्याट शो ‘कफी विथ करण–९’ को दोस्रो एपिसोडको प्रोमो सार्वजनिक भएको छ । यस एपिसोडमा वास्तविक जीवनका जोडी दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा र अभिनेत्री रश्मिका मन्दाना सँगै देखिनेछन् । प्रोमोमा दुवैले आफ्नो प्रेमसम्बन्ध र वैवाहिक जीवनबारे केही रोचक खुलासा गरेका छन् । विवाहका लागि को पहिले… ...

बसको डिकीमै निसासिएर मर्छन् कयौं खसीबोका, पशु सेवा विभागलाई छैन चासो
दशैं नजिकिएसँगै गाउँबाट सहरमा खसीबोका ल्याउने क्रम बढेको छ । तर, पर्याप्त हावा नछिर्ने बसका डिकीमा कोचेर गरिने ओसारपसारका कारण बर्सेनि कयौं पशुले ज्यान गुमाइरहेका छन् । पशु ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउने जिम्मेवारी पाएको सरकारी निकायको प्रभावकारी अनुगमन र कडा कारबाही खोइ ? दशैंमा खसीबोकाको माग बढेसँगै गाउँबाट काठमाडौंलगायत सहरमा खसीबोका ल्याउने क्रम तीव्र… ...


