Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा चर्किँदै प्रदर्शन, हतियार र बल प्रयोग गर्दै फ्रान्सेली प्रहरी

फ्रान्समा चर्किँदै प्रदर्शन, हतियार र बल प्रयोग गर्दै फ्रान्सेली प्रहरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा चर्किँदै प्रदर्शन, हतियार र बल प्रयोग गर्दै फ्रान्सेली प्रहरी

काठमाडौं । फ्रान्समा विरोध प्रदर्शन चर्किँदै जाँदा प्रहरी हिंसासम्बन्धी भिडियोहरू फ्रान्सेली सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । एउटा भिडियोमा प्रहरीले एक पुरुषलाई भुइँमा लडाएर कुटपिट गरेपछि बेहोस अवस्थामा घिसार्दै लगेको देखिन्छ । अर्को भिडियोमा एक प्रहरीले कुनै उक्साहट नदेखिएको अवस्थामा पछाडिबाट एक युवकलाई समातेर घाँटीमा हात राख्दै घिसारेको देखिन्छ । अर्को भिडियोमा एक युवतीको हात बटारेर लैजाँदै गर्दा उनी पीडाले चिच्याइरहेको देखिन्छ । यद्यपि, यी भिडियोहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । फ्रान्सेली प्रहरीको कडा कार्यशैली तथा स्तब्ध पार्ने ग्रेनेड र रबरका गोलीको प्रयोगलाई लिएर मानवअधिकारवादी संस्थाहरूले पुनः आलोचना गरेका छन् । फ्रान्समा युरोपकै सबैभन्दा बढी हातहतियारले सुसज्जित प्रहरी बलमध्ये एक छ । पछिल्ला हप्ताहरूमा भएका विद्यार्थी प्रदर्शनका क्रममा प्रहरी कारबाहीबाट कैयौँ किशोरकिशोरी गम्भीर रूपमा घाइते भएका छन् । एकजनाको हातमा गम्भीर क्षति पुगेको, अर्काले एउटा आँखाको ज्योति गुमाएको र अर्का एकजनाको बंगारा भाँचिएको विवरण सार्वजनिक भएका छन् । चर्किँदै फ्रान्सको प्रदर्शन शनिबार फ्रान्सका सडकमा पाँच लाखभन्दा बढी मानिस उत्रिएको बताइएको छ । उनीहरूमध्ये अधिकांशले सार्वजनिक क्षेत्रमा बजेट कटौती, बढ्दो महँगी र विद्यालयको वातावरण सुधारको माग गर्दै विद्यार्थीले गरेको आन्दोलनको समर्थनमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए । तर, केही प्रदर्शनकारीले भवनमा आगजनी गर्नुका साथै पसलमा लुटपाट र प्रहरीमाथि ढुंगामुढा तथा अन्य वस्तु प्रहार गरेपछि प्रहरी र आपत्कालीन सेवाका लागि परिस्थिति जटिल बनेको थियो । शिक्षक अभाव र जीर्ण विद्यालय पूर्वाधारको मर्मतसम्भारको माग गर्दै उच्च माध्यमिक तहका विद्यार्थीले विद्यालयअगाडि अवरोध खडा गरेर सुरु गरेको आन्दोलनकै निरन्तरताका रूपमा सप्ताहान्तको प्रदर्शन भएको हो । आगामी सप्ताहान्तमा थप प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै फ्रान्सेली सरकारले सेनासमेत परिचालन गर्ने जनाएको छ । आन्दोलन नियन्त्रण गर्न युद्धमा प्रयोग हुने हतियार ? अन्य धेरै युरोपेली देशको तुलनामा फ्रान्सेली प्रहरीसँग ठूलो परिमाणमा हतियार र सुरक्षा उपकरण छन् । प्रहरीले रबरका गोली प्रहार गर्न एलबीसी–४० नामक विशेष बन्दुक प्रयोग गर्छ । बेलायत र जर्मनीजस्ता देशमा प्रदर्शन नियन्त्रणका क्रममा रबरका गोली प्रयोग गर्न सामान्यतया अनुमति छैन । स्पेनलगायत केही देशमा भने कहिलेकाहीँ यसको प्रयोग हुने गरेको छ । पेरिस–सुड विश्वविद्यालयकी अपराधशास्त्रकी सहप्राध्यापक अनास्तासिया त्सुकालाले रबरका गोली प्रयोग गर्दा निश्चित दूरी कायम गर्नुपर्ने बताएकी छन् । उनका अनुसार प्रहरीले निर्धारित मापदण्ड पालना गर्ने प्रयास गरे पनि प्रदर्शनकारीको अचानकको गतिविधिका कारण गोली आँखामा लाग्न सक्छ । त्यसैले यस्तो हतियार अत्यन्तै खतरनाक हुन सक्छ । अन्य युरोपेली देशमा जस्तै फ्रान्समा पनि प्रहरीले नियमित रूपमा अश्रुग्यास प्रयोग गर्छ । यद्यपि, रासायनिक हतियार महासन्धिले युद्धमा अश्रुग्यासको प्रयोग निषेध गरेको छ । फ्रान्सेली प्रहरीलाई अन्य धेरै युरोपेली प्रहरी बलभन्दा फरक बनाउने उपकरणमध्ये स्तब्ध पार्ने ग्रेनेड पनि एक हो । त्सुकालाका अनुसार यस्ता ग्रेनेडमा ठूलो मात्रामा विस्फोटक पदार्थ हुने भएकाले तिनको प्रयोग विशेष रूपमा जोखिमपूर्ण हुन्छ । फ्रान्सका आन्तरिक मन्त्री लोरेन्ट न्युनेजले प्रहरीले प्रयोग गर्ने हतियारलाई ‘गैरघातक’ भन्दै बचाउ गरेका छन् । तर, फ्रान्सको आन्तरिक सुरक्षा कानुनले केही उपकरणलाई ‘युद्ध सामग्री’ का रूपमा वर्गीकरण गरेको छ । फ्रान्सेली प्रहरी युरोपेली संघमै सबैभन्दा निर्दयी हुन् ? प्रदर्शनका क्रममा नागरिक घाइते भएपछि प्रहरीले प्रयोग गर्ने हतियार र बलको मात्रामाथि फेरि प्रश्न उठेको छ । एउटा आँखाको ज्योति गुमाएका किशोरमाथि नजिकैबाट एलबीसी–४० बन्दुकले रबरको गोली प्रहार गरिएको आशंका गरिएको छ । राजनीतिक विश्लेषक तथा विज्ञ सेबास्टियन रोशका अनुसार प्रदर्शनका क्रममा भएका मृत्यु, गम्भीर चोटपटक र अंगभंगका घटनालाई आधार मानेर प्रहरी हिंसाको मूल्यांकन गर्दा फ्रान्सेली प्रहरी युरोपेली संघकै सबैभन्दा हिंस्रक प्रहरीमध्ये पर्ने देखिन्छ । रोशले फ्रान्सेली प्रहरीका उपकरण र तिनको प्रयोग बुझ्न राजनीतिक सन्दर्भलाई महत्त्वपूर्ण मान्छन् । उनका अनुसार एलबीसीजस्ता हतियार सुरुमा संगठित अपराधविरुद्ध कारबाही गर्ने विशेष प्रहरी एकाइका लागि ल्याइएका थिए । तर, अहिले तिनको प्रयोग भीड नियन्त्रणमा समेत भइरहेको छ । प्रहरीका हतियार र उपकरणबारे निर्णय गर्ने अधिकार राजनीतिक नेतृत्वसँग हुने उल्लेख गर्दै रोशले यसले राजनीतिक विरोध नियन्त्रण गर्ने विषयमा फ्रान्सेली राजनीतिज्ञहरूको दृष्टिकोणमा आएको परिवर्तन देखाउने बताएका छन् । बल प्रयोग कि तनाव कम गर्ने नीति ? फ्रान्सेली प्रहरी र अन्य देशका प्रहरीबीचको अर्को महत्त्वपूर्ण भिन्नता उनीहरूको कार्यशैली हो । जर्मनीमा प्रहरीले तनाव बढ्न नदिन र सम्भव भएसम्म परिस्थिति शान्त पार्न प्रयास गर्नुपर्ने मान्यता छ । रोशले सन् २०२३ मा जर्मनीको लुत्जेराथमा वातावरण संरक्षणका लागि प्रदर्शन गरिरहेका मानिसहरूलाई हटाइएको घटनालाई फ्रान्सको सेन्ट–सोलिनमा भएको प्रदर्शन नियन्त्रणसँग तुलना गरेका छन् । उनका अनुसार लुत्जेराथमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ गम्भीर घाइते हुनेको संख्या तुलनात्मक रूपमा कम थियो । तर, सेन्ट–सोलिनमा सशस्त्र प्रहरी परिचालन गरी एलबीसीजस्ता हतियार र ग्रेनेडको व्यापक प्रयोग गरिएको थियो । त्यसबाट प्रहरी र प्रदर्शनकारी दुवैतर्फ गम्भीर क्षति भएको र दुई प्रदर्शनकारी कोमामा पुगेको उनले बताएका छन् । प्रहरीले कहिले बल प्रयोग गर्न पाउँछ ? संयुक्त राष्ट्रसंघले तय गरेका अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षाकर्मीले अपराध रोक्न वा कानुनी गिरफ्तारी गर्न आवश्यक परेको अवस्थामा मात्र बल प्रयोग गर्नुपर्छ । बल प्रयोग गर्दा समानुपातिकताको सिद्धान्त पालना गर्नुपर्छ । अर्थात्, उद्देश्य हासिल गर्न आवश्यकभन्दा बढी बल प्रयोग गर्नु हुँदैन । फ्रान्सेली आन्तरिक मन्त्री न्युनेजले हालैका रेडियो अन्तर्वार्तामा फ्रान्सेली कानुनमा समेत समावेश रहेको यो सिद्धान्त प्रहरीले पूर्ण रूपमा पालना गरेको दाबी गरेका छन् । तर, एम्नेस्टी इन्टरनेसनलले हालैका प्रदर्शनमा प्रहरीको प्रतिक्रियालाई ‘अत्यधिक र असन्तुलित’ भन्दै फ्रान्सेली अधिकारीहरूलाई मानवअधिकारसम्बन्धी दायित्व पूरा गर्न आह्वान गरेको छ । फ्रान्सको लिग अफ ह्युमन राइट्सले पनि उच्च माध्यमिक तहका विद्यार्थीको आन्दोलनमाथि गरिएको ‘हिंस्रक दमन’ को निन्दा गरेको छ । डीडब्ल्यू

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
ताजा खबरJust now

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर

स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर ...

हाम्राकुरा
बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर
ताजा खबरJust now

बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको... ...

रातोपाटी
वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद
ताजा खबरJust now

वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद

काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो। समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको ...

नेपालन्युज
पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
ताजा खबरJust now

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play