फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ
horizontal HDपेरिस, फ्रान्स । फ्रान्सभरि भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा आगामी अप्रिल र मेमा राष्ट्रपति चुनाव हुन गइरहेको समयमा भड्किएको यो हिंसाले फ्रान्सको आगामी नेतृत्व चयनलाई समेत प्रभावित पार्नसक्ने देखिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँको दुई कार्यकाल सकिएपछि हुन लागेको यो निर्वाचनले उनको उत्तराधिकारी चयन गर्नेछ । आन्तरिक मन्त्रालयका अनुसार प्रहरीले शनिबारका प्रदर्शनहरूमा ७५ वटा आगजनीलाई नियन्त्रण गरेको थियो भने २४ वटा पसल लुटिएका थिए । मन्त्रालयले एक विज्ञप्तिमा केही अनुसन्धान सुरु गरिएका उल्लेख छ । अनुसन्धानबारे विस्तृत विवरण दिइएको छैन । झडप शान्त भएपछि शनिबार रात सहरहरू ‘शान्त’ रहेको बताइएपनि प्रदर्शनकारीहरूले आफ्ना थप कार्यक्रम घोषणा गरेर अघि बढ्ने बताएका छन् । आइतबारको मन्त्रालयको विज्ञप्तिमा कति प्रदर्शनकारी घाइते भए भन्ने उल्लेख छैन । शनिबार राति आन्तरिक मन्त्री लोराँ न्युनेजले प्रदर्शनकारीहरूतर्फ एक जना टुलुजमा र अर्का क्लर्मोन्ट–फेरान्डमा गरी दुई जना गम्भीर घाइते भएको बताउनुभएको थियो । आन्तरिक मन्त्रालयअन्तर्गतको टुलुज प्रिफेक्चर प्रशासनले एएफपीलाई बताएअनुसार २० वर्षीय एक युवकको हातमा गम्भीर चोट लागेको छ । प्रदर्शनकारीहरूको उपचार गर्ने एक सडक चिकित्सकले नाम नखुलाउने शर्तमा एएफपीसँग भने, “युवकको दाहिने हातका ‘केही औँला’ मा गोली लागेपछि गुमेका छन् । क्लर्मोन्ट–फेरान्ड क्षेत्रका प्रिफेक्चरले त्यहाँ एक जनाको हातमा चोट लागेको बताएको छ, तर कुनै औँला गुमाएको छैन । फ्रान्सेली क्षेत्रीय दैनिक ला नोभेल रिपब्लिक ले पोइतियर्समा एक जनाको बायाँ आँखामा चोट लागेको रिपोर्ट गरेको छ । त्यसमा आफ्नो अनुहार हातले छोपिरहेका एक जनाको तस्बिर पनि प्रकाशित गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा
खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई निःशुल्क मोटरबाइक सेवा दिएका छन् । सामाजिक सेवाको भावना बोकेका... ...

एसिया कपमा छनोट हुने नेपाली टोलीलाई ३० लाख पुरस्कार
काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त पुरस्कार राशि सार्वजनिक गरेका हुन्। नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको थियो। अध्यक्ष चन्दले एसिया ...

दसैँमा ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा
खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् । सामाजिक सेवाको भावना बोकेका युवा समूहले दसैँको अवसर पारेर ४ दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म) सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटरबाइक सेवा दिएका हुन् । अभियानको […] ...

पादरीहरूबाट यौन दुर्व्यवहारमा परेका १३०० जनालाई ८० करोड डलर क्षतिपूर्ति दिन चर्च सहमत
न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित क्याथोलिक चर्चको आर्कडायोसेसले पादरीहरूबाट यौन दुर्व्यवहारमा परेका करिब १ हजार ३०० पीडितलाई ८० करोड डलरभन्दा बढी क्षतिपूर्ति दिन सहमति जनाएको छ । आर्कबिसप रोनाल्ड हिक्सले शनिबार पीडित... ...


