Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

Share:WhatsAppFacebookX (Twitter)Telegram
फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’
Photo / Coverage: अनलाइनपाना

क्यान्बेरा, (अस्ट्रेलिया) । नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा तयार भएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । फेसबुक, टिकटक र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली समुदाय, भाषा, संस्कृति र सिर्जनशीलतालाई प्राथमिकता दिएर थोप्ला विकास गरिएको हो । नेपालमा मात्र नभई अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान, खाडी मुलुकलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एउटै डिजिटल सञ्जालमा जोड्ने यसको मुख्य उद्देश्य छ । चितवनका उज्ज्वल खनालको पहलमा सुरु भएको थोप्लाको अवधारणा सन् २०२१ तिरै अघि सारिएको थियो। अस्ट्रेलियामा अध्ययन र रोजगारीसँगै सूचना प्रविधिप्रतिको रुचिलाई निरन्तरता दिँदै उनले साथीहरूसँग मिलेर यस प्लेटफर्मलाई थप विकसित गरेका हुन्। थोप्लामा प्रयोगकर्ताले फोटो, भिडियो, स्टोरी तथा छोटा भिडियो ९रिल्स० सार्वजनिक गर्न, एकअर्कालाई फलो गर्न, कमेन्ट तथा सन्देश आदानप्रदान गर्न सक्छन्। साथै, अडिओ तथा भिडियो कल र सामूहिक कुराकानीका लागि च्याट रुमको सुविधा पनि उपलब्ध छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य
Latest NewsJust now

काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजले चितवन राईनोजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८... ...

रातोपाटी
जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्यलाई राख्न स्वास्थ्यमन्त्रीको आग्रह
Latest NewsJust now

जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्यलाई राख्न स्वास्थ्यमन्त्रीको आग्रह

सरोज ढुंगेलकाठमाडौं, कात्तिक २३ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य सङ्कट न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रलाई राष्ट्रि... ...

गोरखापत्र
अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने, मर्यादित हुन अनुरोध
Latest NewsJust now

अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने, मर्यादित हुन अनुरोध

काठमाडौं। तिहारमा अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने भएको छ। गृह मन्त्रालयले नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण हुने गरी देउसी–भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै तिहारका अवसरमा सञ्चालन हुने परम्परागत देउसी–भैलो कार्यक्रमलाई मर्यादित र व्यवस्थित रूपमा ...

लुम्बिनी सञ्चार
सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु
Latest NewsJust now

सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु

काठमाडौं । सेनेगलको समुद्री तट नजिकै आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सेनेगलको सरकारी समाचार संस्था एपीएसले उक्त जानकारी दिएको हो । सेनेगलको गृह मन्त्रालयका अनुसार दुर्घटनामा एक जनाको उद्धार गरिएको छ । डुंगामा कति जना सवार थिए र कति जना अझै बेपत्ता छन् भन्ने खुल्न सकेको छैन । काठबाट बनेको सानो डुंगा राजधानी डकार र ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play