Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सेनेगलको समुद्री तट नजिकै आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सेनेगलको सरकारी समाचार संस्था एपीएसले उक्त जानकारी दिएको हो । सेनेगलको गृह मन्त्रालयका अनुसार दुर्घटनामा एक जनाको उद्धार गरिएको छ । डुंगामा कति जना सवार थिए र कति जना अझै बेपत्ता छन् भन्ने खुल्न सकेको छैन । काठबाट बनेको सानो डुंगा राजधानी डकार र उत्तरी सहर सेन्ट लुइसबीचको समुद्री क्षेत्रमा पल्टिएको थियो। उक्त डुंगा स्पेनको क्यानरी टापुतर्फ जाँदै थियो । आप्रवासी अधिकारका लागि काम गर्ने स्पेनी संस्था ‘वाकिङ बोर्डर्स’का अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म क्यानरी टापु पुग्ने अटलान्टिक समुद्री मार्गमा ६३५ जनाको मृत्यु भएको थियो । संस्थाले निगरानी गर्ने समुद्री मार्गमध्ये यो सबैभन्दा बढी मानवीय क्षति भएको मार्ग हो । सेनेगलका आप्रवासीलाई सहयोग गर्दै आएको संस्था ‘बोजा फे’का संस्थापक सालिउ डियुफले हालसम्म फेला परेका सबै शव सेनेगलका नागरिकको रहेको बताएका छन् । डुंगामा सवार अन्य व्यक्तिको राष्ट्रियता भने खुल्न सकेको छैन । उद्धार तथा खोजी कार्य जारी छ । सेनेगलका राष्ट्रपति बासिरु दियोमाये फायेले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै नागरिकलाई जोखिमपूर्ण समुद्री मार्गबाट यात्रा नगर्न आग्रह गरेका छन् । The post सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१७ अर्ब डलरका २३ मेगा प्रोजेक्ट पूर्वाधार सम्मेलनमा शो–केस गरिँदै, कुन–कुन परे छनोटमा ?
Latest NewsJust now

१७ अर्ब डलरका २३ मेगा प्रोजेक्ट पूर्वाधार सम्मेलनमा शो–केस गरिँदै, कुन–कुन परे छनोटमा ?

काठमाडौँ । आगामी मङ्सिर २३ र २४ गते काठमाडौँमा हुने ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ मा सरकारले करिब १७ अर्ब अमेरिकी डलर (साढे २६ खर्ब रुपैयाँ) बराबरका २३ वटा रणनीतिक तथा... ...

रातोपाटी
जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा
Latest NewsJust now

जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा

काठमाडाैँ। फ्रान्सका पाँच पटकका ओलम्पिक स्वर्ण पदक विजेता जुडो खेलाडी टेडी राइनरले सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत अप्रत्याशित घोषणा गर्दै ३७ वर्षीय राइनरले... ...

रातोपाटी
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
Latest NewsJust now

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

तुलसीपुर (दाङ), कात्तिक २३ गते । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका छ सय वटा भन्दा बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्ड... ...

गोरखापत्र
तिहारमा जुवातास खेल्दा १०७ जना पक्राउ
Latest NewsJust now

तिहारमा जुवातास खेल्दा १०७ जना पक्राउ

तिहारका अवसरमा जुवातास खेल्दा देशका विभिन्न स्थानबाट १०७ जना पक्राउ परेका छन्।  उनीहरूलाई सोमबार देशका विभिन्न जिल्लाबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, सबैभन्दा बढी सुर्खेतबाट ४१ जना पक्राउ परेका छन्।  त्यस्तै, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन्। उनीहरुका साथबाट करिब २५ लाख ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play