Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/फेरि मौसम बदलीको संकेत : मंगलबारभित्र धानबाली भित्र्याउन सुझाव, एनपीएल समेत प्रभावित हुनसक्ने

फेरि मौसम बदलीको संकेत : मंगलबारभित्र धानबाली भित्र्याउन सुझाव, एनपीएल समेत प्रभावित हुनसक्ने

10/24/2026, 1:51:59 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
फेरि मौसम बदलीको संकेत : मंगलबारभित्र धानबाली भित्र्याउन सुझाव, एनपीएल समेत प्रभावित हुनसक्ने

जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भए पनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ । हाललाई देशको मौसम स्थिर रहे पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार उक्त न्यून चापीय प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ । यद्यपि, वर्षाको मात्रा र प्रभावको यकिन अवस्थाबारे अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ । यो मौसमी फेरबदलले विशेष गरी कृषि र पर्यटन क्षेत्रलाई प्रभावित पार्न सक्ने आँकलन गरिएको छ । हाल धान भित्र्याउने समय भएकाले किसानलाई मंगलवारसम्मको अनुकूल मौसमको सदुपयोग गर्दै बाली भित्र्याइसक्न विभागले विशेष आग्रह गरेको छ । कात्तिक ८ गतेपछि कुनै पनि बाह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यानमा राख्न र पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन सचेत गराइएको छ । उनले भने, ‘आगामी कार्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य भूभागमा वर्षाको सम्भावना न्यून छ । कार्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने देखिन्छ । वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन । यसबाट कृषि, पर्यटन तथा खेलकुद गतिविधि प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र योजना बनाउन अनुरोध छ । धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कार्तिक ७ गतेभित्रै सम्पन्न गर्नुहोला ।’ उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्न सक्ने देखिएको छ । आम नागरिकलाई आधिकारिक मौसमी सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू नियमित हेर्न वा ११५५ मा फोन गरेर जानकारी लिन अनुरोध गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुल हेरेर बस्दैनौं : माधव नेपाल
OthersJust now

राष्ट्रिय स्वाभिमानमा आँच आउँदा टुलुटुल हेरेर बस्दैनौं : माधव नेपाल

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी राष्ट्रियताप्रति दृढ रहेको दाबी गरेका छन् । पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । साथै, राष्ट्रियतामाथि आघात पुर्‍याउने काम कसैले गरेको खण्डमा आफूहरू टुलुटुलु हेरेर नबस्ने उनले… ...

अनलाइन खबर
बिस्थापित भए ढिकी जाँतो, घरघरमा साना मिल
OthersJust now

बिस्थापित भए ढिकी जाँतो, घरघरमा साना मिल

जपुरका ग्रामीण क्षेत्रमा पनि ढिकी जाँतो बिस्थापित हुँदै जान थालेको छ । ग्रामीण बस्तीमा समेत विद्युतको पहुँच पुगेपछि ढिकी जाँतोको बिकल्प साना मिल बनेको हो । साना मिलका कारण ठूला कुटानी मिल समेत बिस्थापित हुन थालेको छ । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँगाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् । अनुदानमा विभिन्न सरकारी निकायबाट ...

पर्दाफास
रास्वपा चुनावमुखी मात्रै भयो : प्रभु साह
OthersJust now

रास्वपा चुनावमुखी मात्रै भयो : प्रभु साह

७ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी पंक्ति चुनावमुखी मात्रै भएको टिप्पणी गरेका छन् । रौटतहको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ,… ...

अनलाइन खबर
छठको तयारी : सिरहाका बजारमा बढ्यो चहलपहल (तस्वीरहरू)
OthersJust now

छठको तयारी : सिरहाका बजारमा बढ्यो चहलपहल (तस्वीरहरू)

छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play