बिस्थापित भए ढिकी जाँतो, घरघरमा साना मिल

जपुरका ग्रामीण क्षेत्रमा पनि ढिकी जाँतो बिस्थापित हुँदै जान थालेको छ । ग्रामीण बस्तीमा समेत विद्युतको पहुँच पुगेपछि ढिकी जाँतोको बिकल्प साना मिल बनेको हो । साना मिलका कारण ठूला कुटानी मिल समेत बिस्थापित हुन थालेको छ । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँगाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् । अनुदानमा विभिन्न सरकारी निकायबाट साना मिल वितरण हुन थालेपछि घरघरमा मिल राख्न सुरु गरिएको छ । मिल सञ्चालन गर्दै आउनु भएका निरकुमार प्रधानले भने, ‘गाउँघरबाट ढिकी, जाँतो त विस्थापित हुँदै गयो । अहिले त साना मिलका कारण ठूला मिलसमेत विस्थापित हुँदै गएका छन् ।’ विद्युत गाउँगाउँमा पुगेसँगै घरघरमा साना मिल जडान हुन थालेका उनले बताए । घर परिवारमा ठूला मिलसम्म धान, मकै कोदो लिएर कुटाउन जानेको संख्या पनि कमी हुँदै गएकाले पनि घरघरमै साना मिल राख्न थालिएको साना मिल सप्लायर्स बाजिम मगरले बताए । उनले भने, ‘अहिले मेरोमा साना मिल खरिद गर्नेको सङ्ख्या बढदै गएको छ । ४०—४५ हजारमै साना मिल खरिद गर्नसक्ने भएकाले यसतर्फ आर्कषण बढेको हो ।’ सानो मिल आएपछि समय र श्रम दुवैको बचत भएको स्थानीय नवीन प्रधानले बताए । साना मिलले स्थानीयवासीलाई सहजता थपिएको उनको भनाइ थियो । ‘आफूलाई आवश्यक पर्ने थोरै सामग्री घरमै कुट्न सकिने भएकाले यो मिल प्रभावकारी देखिएको छ । ठुला मिलमा कुटानी पिसानीका लागि आउनेको सङ्ख्या घटदै जान थालेपछि आफूले लामो समय सञ्चालन गरेको मिल बन्द गरेको अत्तर राइस मिलका सञ्चालक जीवन श्रेष्ठले बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

होर्मुज जलडमरूमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर विस्फोट
होर्मुज जलडमरूमध्यको दक्षिणतर्फ रहेको ‘अनधिकृत’ मार्गबाट अघि बढ्ने प्रयास गरिरहेका दुईवटा विशाल तेलवाहक जहाज शुक्रबार नौसैनिक बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएका छन्। रणनीतिक रूपमा महत्त्वपूर्ण उक्त जलमार्गमा एक दिनअघि पनि सुरक्षा घटना भएको खबर सार्वजनिक भएको थियो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)को नौसेनाका अनुसार, विस्फोटका कारण दुवै जहाजका इन्जिन कक्षमा आगलागी भएको र जहाजहरू रोकिएको नौसेनाले जनाएको छ। आईआरजीसीको आधिकारिक समाचार माध्यम ...

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु, यस्तो छ पार्टीको अपिल
अपिलमा देश जटिल राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको भन्दै जनतामा अभियानमार्फत यसबारे जानकारी गराउन लागिएको उल्लेख छ । ...

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल
नेपालका अग्रज खेल पत्रकारहरुले सोमबारबाट कीर्तिपुरमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड बन्दै गएको प्रतिक्रिया दिएका छन् । एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलको प्राविधिक पक्ष, अन्तर्राष्ट्रिय ...

इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको चेतावनी, सीआईएसँग गुप्त साझेदारीको आह्वान
७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामलामा ध्यान दिने बताएका छन् । ट्रम्पले क्युबासँगको सम्झौता अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पठाइने सङ्केत पनि गरेका छन् । विदेशमन्त्री रुबियोले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै क्युबाका जनतालाई परिवर्तन ल्याउन अपील गरेका छन् । उनले क्युबामा सकारात्मक परिवर्तन चाहनेहरूका लागि… ...


