काठमाडौं।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महागुरु फाल्गुनन्दले पुर्याएको योगदानको स्मरण गरेका हुन्। उनले महागुरु फाल्गुनन्दले देखाएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि सबैलाई प्रेरणा दिइरहोस् भन्ने कामना गरेका छन्। महागुरु फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउनु पर्नेमा पनि उनले जोड दिएका छन्।
फाल्गुनन्दका आदर्श आत्मसात् गर्न थापाको आग्रह

Read Complete Original Article
Published originally on नेपालन्युज






