फापरखेत पहिरोले बेनी–दरवाङ सडक प्रभावित, पश्चिम म्याग्दीको यातायातमा सास्ती

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिनै २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभाबित बनाउदै आएको छ । मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् । स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पु¥याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको सवारी चालक रवीन पुनले बताए । “साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ,” उनले भने, “जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ ।” यसअघि बर्खायाममा खस्ने फापरखेतमा पछिल्लोपटक शनिबारदेखि निरन्तर सुख्खा पहिरो खसिरहेको छ । पहिरोका कारण दसैँ मनाउन जन्मथलो जानेहरुलाई सास्ती भएको छ । जोखिमयुक्त सडकको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेरदेखि बरङ्जा–सातबिसे हुँदै बाबियाचौर जोड्ने वैकल्पिक सडक मर्मत गरेर जिप, मिनिबस, ट्याक्टर, मोटरसाइकल र स्कुुटर चल्न सकने बनाइएको वडा सदस्य हरि गिरीले बताउनुभयो । घुमाउरो र एकतर्फी सडकमा यात्रा गर्न सर्वसाधारणलाई असहज भएको छ । कच्ची र साँघुरो सडकमा यात्रा गर्न जोखिम छ । म्याग्दी नदीमा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेशन तथा प्रशारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनाहरुमा पनि पहिरोका कारण असर परेको छ । सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ । यसपाली नयाँ ठाउँमा जमिन चिरा चिरा परेर सुक्खा पहिरो खस्न थालेको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी सडक पुल निर्माण गर्ने योजना अघि सारिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायातव्यवस्था मन्त्रीसमेत रहेका जुग्जालीको प्रस्तावमा प्रदेश सरकारको मन्त्री परिषद् बैठकले तीन वर्षअघि गरेको सङ्घीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय राजनीतिक अस्थिरताका कारण कार्यान्वयन भएको छैन । पहिरो नियन्त्रण तत्काल सम्भव नभएको अवस्थामा वैकल्पिक सडक र पहिरोको विकल्पमा यातायात सञ्चालनको डाइभर्सन बनाउनुपर्ने हुनसक्ने जुग्जालीको भनाइ छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मर्चवारस्थित अधुरो सडकलाई चार लेनमा विस्तार गर्ने पूर्वाधारमन्त्री लम्सालको प्रतिबद्धता
मर्चवारी माई मन्दिरमा पूजाआजा र भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षको बजेटबाट दुईवटा खण्डमा चार लेन सडक विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिए । ...

चोरीका गरगहनासहित महिला पक्राउ
पर्सा।पर्सामा चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित एक महिलालाई पक्राउ गरिएको छ। एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका-६ स्थित गहवामाई मन्दिर नजिकस्थित हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहनाको ती महिलाबाट बरामद गरेको हो। ...

छाडा चौपायाको उपचारका लागि युवाले दिए स्वास्थ्य सामग्री
महेन्द्रनगरका युवाको समूहले सडकमा घाइते अवस्थामा भेटिने छाडा गाईगोरु र कुकुरको उपचारमा संलग्न ‘आई केयर यु’ लाई सहयोग गरेका छन् । ...

पर्सामा एक महिनामा १११ अपराधका घटना
काठमाडौं।जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा जिल्लामा भएका आपराधिक गतिविधि, अपराध अनुसन्धान तथा नियन्त्रणको प्रगति विवरण सार्वजनिक भएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उक्त महिनामा विभिन्न प्रकृतिका ११ वटा अपराधका घटना दर्ता भए। शान्ति सुरक्षाको हिसाबले निकै चुनौतीपूर्ण मानिने पर्सा जिल्लामा चाडबाड, विशेष गरी बडादशैं लक्षित सुरक्षा योजना लागू गरिएको उक्त महिनामा सामाजिक अपराधका ६१ घटना ...


