प्ले स्टोरमा ह्वाट्सएपकै नाममा नक्कली एप, ५ लाखले गरे डाउनलोड

काठमाडौं । ह्वाट्सएप प्रयोगकर्तालाई लक्षित गर्दै गुगल प्ले स्टोरमा नक्कली एप सार्वजनिक भएको घटना बाहिर आएको छ । ‘ह्वाट्सएप मेसेन्जर’ नामबाट सूचीकृत उक्त तेस्रो पक्षको एप ५ लाखभन्दा बढी पटक डाउनलोड भएको बताइएको छ । अझ चिन्ताजनक पक्ष के छ भने, उक्त एप गुगल प्ले स्टोरको खोज नतिजामा प्रायोजित सूचीका रूपमा आधिकारिक ह्वाट्सएप एपभन्दा माथि देखिएको थियो । यसले प्रयोगकर्ताले झुक्किएर नक्कली एप डाउनलोड गर्ने जोखिम बढाएको छ ।रेडिटका एक प्रयोगकर्ताले उक्त एप पहिचान गरेपछि एन्ड्रोइड अथोरिटी र द भ
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

अब ह्वाट्सएपमा खाता नभएका व्यक्तिले पनि अतिथिका रूपमा कलमा सहभागी हुन सक्ने
ह्वाट्सएपले नियमित रूपमा यो एप प्रयोग नगर्ने व्यक्तिसँग पनि सञ्चार गर्न सहज बनाउँदैछ। ह्वाट्सएपको स्वामित्व रहेको मेटा कम्पनीले नयाँ सुविधा ल्याएको छ। यस सुविधामार्फत ह्वाट्सएपमा खाता नभएका व्यक्तिले पनि कलमा सहभागी हुन सक्नेछन्। ‘गेस्ट कलिङ’ नाम दिइएको यो सुविधाले प्रयोगकर्तालाई लिंक पठाएर अन्य व्यक्तिलाई कलमा आमन्त्रण गर्न दिन्छ। आमन्त्रित व्यक्तिले एप डाउनलोड नगरी वा खाता नखोली वेब ब्राउजरबाटै उक्त लिंक खोलेर कलमा ...

डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाली बजारमा प्रवेश, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु
ओटीटी प्लेटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ। दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो। यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर चलचित्रहरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार (JioHotstar) प्लेटफर्म सिर्जना गरेको कम्पनीले जानकारी ...

सौर्य उपकरण उत्पादन गर्ने प्रविधिको निर्यातमा नियन्त्रण गर्ने चीनको प्रस्ताव
चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सौर्य उपकरण उत्पादनमा प्रयोग हुने १२ वटा प्रविधिको निर्यातमा नियन्त्रण गर्ने प्रस्ताव ल्याएको छ। यो कृत्रिम बुद्धिमता र जैवप्रविधिसमेत समेटिएको व्यापक संशोधनको एक हिस्सा हो। चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा फोटोभोल्टिक प्रविधिलाई देशको निर्यात नियन्त्रण सूचीमा थप्ने प्रस्ताव गरिएको जनाएको छ। सौर्य प्रविधि अन्तरिक्ष तथा राष्ट्रिय रक्षाजस्ता संवेदनशील क्षेत्रमा बढ्दो रूपमा प्रयोग हुन थालेकाले ...


