डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाली बजारमा प्रवेश, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु

ओटीटी प्लेटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ। दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो। यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर चलचित्रहरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार (JioHotstar) प्लेटफर्म सिर्जना गरेको कम्पनीले जानकारी दिएको छ। लञ्च लाइनअपमा ‘भेडिया’, ‘१२थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, र ‘वेलकम टु द जंगल’ जस्ता ब्लकबस्टर चलचित्रहरूसँगै जिओहटस्टार ओरिजिनलहरू ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसियल अप्स’, ‘चिरैया’ लगायतका सामग्रीहरू उपलब्ध छन्। यसका साथै हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’, ‘थुडाक्म’ जस्ता क्षेत्रीय चलचित्रहरू र ‘बिग बोस’, ‘कफी विथ करण’, ‘इन्डिया का टप १ पर्सेन्ट’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले दैनिक हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउने उल्लेख छ। कम्पनीकाअनुसार, दर्शकहरूले डिगो को मोबाइल र प्लस प्लानमार्फत जिओहटस्टारको अनुभव लिन सक्नेछन्, जसको विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँ बाट सुरु हुन्छ। मोबाइल प्लानको मूल्य एक महिनाको लागि २४९ रुपैयाँ, तीन महिनाको लागि ६९९ रुपैयाँ र एक वर्षको लागि २,४९९ रुपैयाँ रहेको छ। त्यस्तै, प्लस प्लान एक महिनाको लागि ३९९ रुपैयाँ, तीन महिनाको लागि ८९९ रुपैयाँ र एक वर्षको लागि २,६९९ रुपैयाँ मा उपलब्ध छ। दर्शकहरूले www.watchdgo.com मा गएर वा आईओएस, एन्ड्रोइड, एन्ड्रोइड टिभी र स्मार्ट टिभीमा डिगो एपमार्फत सब्स्क्राइब गर्न सक्नेछन्। जिओहटस्टारको लाइब्रेरीले डिगो को नेपाली चलचित्र र शोहरूको संग्रहलाई थप बलियो बनाएको छ। स्थानीय कथावाचनलाई प्राथमिकता दिँदै डिगो मा प्रत्येक हप्ता नयाँ नेपाली चलचित्र थपिनेछ। सब्स्क्राइबरहरूले ला लिगा, मोटोजीपी, र काराबाओ कप लगायतका प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरू पनि हेर्न सक्ने बताईएको छ। यसरी भारतीय तथा नेपाली मनोरञ्जन र विश्वव्यापी खेलकुदहरू कुनै पनि अतिरिक्त शुल्क बिना एउटै डिगो सब्स्क्रिप्सनमा उपलब्ध भएका छन्। जिओहटस्टारको नेपाल प्रवेशको बारेमा टिप्पणी गर्दै जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले भने, “जिओहटस्टारको अन्तर्राष्ट्रिय विस्तारले हामीले भारतमा सिर्जना गरेको दायरा र विदेशमा भारतीय मनोरञ्जनको मागलाई एक ठाउँमा ल्याएको छ। पुस्ताौंदेखि हाम्रा चलचित्र, टेलिभिजन शो र कलाकारहरूलाई पछ्याउँदै आएका दर्शकहरू भएको नेपाल यस यात्राको एक महत्वपूर्ण हिस्सा हो।” यस साझेदारीको बारेमा बोल्दै डिगो का प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले भने, “यो साझेदारी डिगो र नेपालको मनोरञ्जन उद्योग दुवैका लागि एक माइलस्टोन हो। जिओहटस्टारका चलचित्र र शोहरूदेखि लिएर हरेक हप्ता आउने नयाँ नेपाली चलचित्र र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरूसम्म, नेपाली दर्शकहरूलाई डिगो रोज्ने हरेक दिन नयाँ कारण दिनु हाम्रो उद्देश्य हो। हामी हाम्रा दर्शकहरूका लागि विशेष रूपमा तयार पारिएको मूल्यमा नेपालकै लागि बनेको प्लेटफर्ममार्फत यी सबै विकल्पहरू एकै ठाउँमा ल्याउँदैछौँ।” नेपालमा भएको यो लञ्चले भारतीय मनोरञ्जनको पहुँच र आकर्षणलाई आधार बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दिगो उपस्थिति स्थापित गर्ने जिओहटस्टारको लक्ष्यलाई झल्काउने उल्लेख छ। बेलायत, क्यानडा र सिंगापुरमा प्रत्यक्ष लञ्च तथा स्टार्जप्ले र डिगो जस्ता स्थापित सहयात्रीहरूसँगको साझेदारीमार्फत, जिओहटस्टारले प्रत्येक बजारको विशिष्ट आवश्यकता अनुसार मनोरञ्जनको दायरालाई विभिन्न हेर्ने अनुभवहरूसँग जोड्दै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदैछ। जिओहटस्टारमा ५० करोड मासिक सक्रिय प्रयोगकर्ताहरू र ३,००,००० घण्टाभन्दा बढीको कार्यक्रमहरूको लाइब्रेरी रहेको छ। जिओहटस्टारले भारत र युके, क्यानडा, सिंगापुर, MENA र नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारका दर्शकहरूमाझ पहुँच पुर्याएको छ र यो एन्ड्रोइड, आईओएस, कनेक्टेड-टिभी र वेब प्लेटफर्महरूमा उपलब्ध रहेको जारी विज्ञप्तीमा उल्लेख छ। The post डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाली बजारमा प्रवेश, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

प्ले स्टोरमा ह्वाट्सएपकै नाममा नक्कली एप, ५ लाखले गरे डाउनलोड
काठमाडौं । ह्वाट्सएप प्रयोगकर्तालाई लक्षित गर्दै गुगल प्ले स्टोरमा नक्कली एप सार्वजनिक भएको घटना बाहिर आएको छ । ‘ह्वाट्सएप मेसेन्जर’ नामबाट सूचीकृत उक्त तेस्रो पक्षको एप ५ लाखभन्दा बढी पटक डाउनलोड भएको बताइएको छ । अझ चिन्ताजनक पक्ष के छ भने, उक्त एप गुगल प्ले स्टोरको खोज नतिजामा प्रायोजित सूचीका रूपमा आधिकारिक ह्वाट्सएप एपभन्दा माथि देखिएको थियो । यसले प्रयोगकर्ताले ...

सौर्य उपकरण उत्पादन गर्ने प्रविधिको निर्यातमा नियन्त्रण गर्ने चीनको प्रस्ताव
चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सौर्य उपकरण उत्पादनमा प्रयोग हुने १२ वटा प्रविधिको निर्यातमा नियन्त्रण गर्ने प्रस्ताव ल्याएको छ। यो कृत्रिम बुद्धिमता र जैवप्रविधिसमेत समेटिएको व्यापक संशोधनको एक हिस्सा हो। चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा फोटोभोल्टिक प्रविधिलाई देशको निर्यात नियन्त्रण सूचीमा थप्ने प्रस्ताव गरिएको जनाएको छ। सौर्य प्रविधि अन्तरिक्ष तथा राष्ट्रिय रक्षाजस्ता संवेदनशील क्षेत्रमा बढ्दो रूपमा प्रयोग हुन थालेकाले ...

गुगलको नयाँ सुविधा : एआई स्टुडियोबाट बनाएका एन्ड्रोइड एप नि:शुल्क प्ले स्टोरमा राख्न सकिने
काठमाडौं । गुगलले एआई स्टुडियोमार्फत तयार पारिएका एन्ड्रोइड एप गुगल प्ले स्टोरमा प्रकाशित गर्न सहज बनाउने नयाँ व्यवस्था ल्याउने भएको छ । यसअन्तर्गत १८ वर्षभन्दा माथिका गुगल खाता भएका प्रयोगकर्ताले सशुल्क विकासकर्ता खाता नलिईकनै आफ्ना एप निजी रूपमा सूचीबद्ध गर्न सक्नेछन् ।ब्लूमबर्गका अनुसार, यो सुविधा गुगल एआई स्टुडियोमा निर्माण गरिएका एपका लागि उपलब्ध हुनेछ । यस्ता एप गुगल प्ले स्टोरमा ...


