प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र खारेज

काठमाडौँ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र खारेज भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागको नयाँ स्वीकृत संगठन संरचनाबमोजिम साविकको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र खारेज भई जीवनाशक विषादीको नियमन तथा व्यवस्थापनसम्बन्धी कामहरु राष्ट्रिय बाली संरक्षण तथा विषादी नियमन केन्द्रबाट हुने व्यवस्था गरिएको हो।अब राष्ट्रिय बाली संरक्षण तथा विषादी नियमन केन्द्रले नै जीवनाशक विषादीको पञ्जीकरणलगायत नियमन तथा व्यवस्थापनसम्बन्धी कामहरू गर्ने भएको छ।बिरुवा तथा बिरुवाजन्य उपजको अन्तर्राष्ट्रिय व्यापारको क्रममा बिरुवा स्वस्थतामा पर्न जाने संभावित जोखिमलाइ नियमन गर्न र बिरुवा तथा बिरुवाजन्य उपजहरुको उत्पादन तथा उत्पादनोपरान्त लाग्ने रोग, कीरा, झारपात, चरा, मुसा आदिको क्षति नियन्त्रणका लागि आवश्यक विषादीको आयात, वितरण, उपयोग र व्यवस्थापन सम्बन्धि कार्यहरु गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको स्थापना भएको थियो। केन्द्रिय स्तरमा एक प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र यसको मातहतमा १५ वटा क्वारेन्टाइन कार्यालयहरु स्थापना गरेकोमा प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत राष्ट्रिय बिरुवा संरक्षण संगठन शाखा, प्लाण्ट क्वारेन्टाइन नियमन तथा अनुगमन शाखा, विषादी पंजीकरण तथा व्यवस्थापन शाखा, शत्रुजीव जोखिम विश्लेषण शाखा र सर्भे एण्ड सर्भेलेन्स शाखा थिए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

साइबर सुरक्षा जोखिमपछि सतर्कता अपनाउन नेपाल राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बैंकले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त जोखिमका कारण वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको हो । यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना ...

समृद्धिको बाटोमा तगारो
जुन देशको माटोले सुन फलाउने सामर्थ्य राख्छ र जसको युवा जनशक्तिले विश्वका मरुभूमिलाई हरियालीमा बदल्न सक्छ, त्यो देश आफैँ भने किन सधैँ परनिर्भर र गरिब रहिरहन्छ? स्रोत र सम्भावनाको प्रचुरताबीच दूरदृष्टिको खडेरी र नीतिगत अलमलले पिल्सिएको मुलुकको कथा लेखिरहँदा प्राकृतिक सौन्दर्यको अनुपम वरदान, जलस्रोतको प्रचुर सम्भावना, जैविक विविधता र सिर्जनशील युवा जनशक्तिको खानी भएर पनि नेपाल लामो समयदेखि आर्थिक पछौटेपन र ...

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
काठमाडौं। पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो। ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन ...

पीएचपीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि बैंकका वेबसाइट बन्द, रकम र विवरण सुरक्षित
• नेपाल राष्ट्र बैंकसहित अधिकांश बैंक र वित्तीय संस्थाले पीएचपी प्रोग्रामिङ भाषामा देखिएको सुरक्षा त्रुटिका कारण आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन्। • ह्याकरले संवेदनशील विवरण चोरी गर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता अपनाइएको छ र प्रणाली अद्यावधिकको काम भइरहेको छ। • सर्वसाधारणले बैंकका आधिकारिक सूचनामा विश्वास गर्न, अपरिचित लिङ्क नखोल्न र शङ्कास्पद गतिविधिहरूमा सतर्क रहन सुझाव दिइएको ...


