Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २० । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ । महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा शुक्रबार राष्ट्रपति भवन पुगेको टोलीले सरोकारवालासँग पर्याप्त छलफल नगरी अध्यादेशमार्फत कानुन ल्याउनु लोकतान्त्रिक प्रक्रिया र संविधानको मर्मविपरीत हुने भन्दै ध्यानाकर्षण गराएको हो । महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ । यसैबीच, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि महासंघले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारसँगका माग सम्बोधन नभए छठ पर्वपछि आन्दोलनमा जाने महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले अध्यादेश फिर्ता लिन सरकारसँग माग गर्दै आफ्ना माग संसद् र संसदीय समितिमा समेत उठाउने तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव
PoliticsJust now

कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशका खराब सूचक सुधारमा ध्यान दिन सुझाव दिएका छन् । संघीय सरकारका महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबिच शुक्रबार मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन सङ्घीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने […] ...

काठमाण्डुपाटी
मधेशमा उपेन्द्रले मागे आफ्नो नेतृत्व
PoliticsJust now

मधेशमा उपेन्द्रले मागे आफ्नो नेतृत्व

काठमाण्डु – मधेसमा जनता समाजवादी पार्टी जसपाले सरकारको नेतृत्व मागेको छ। उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने माग राखेका हुन् । उपेन्द्रको मागमा नेकपा सकारात्मक देखिए पनि एमालेले यकिन धारणा दिन सकेको छैन । ‘सम्भवत उपेन्द्रजीहरूकै नेतृत्वमा सरकार अगाडि बढ्न […] ...

काठमाण्डुपाटी
कफी धेरै पिउने बानी छ ? निद्रामा पर्न सक्छ यस्तो असर
PoliticsJust now

कफी धेरै पिउने बानी छ ? निद्रामा पर्न सक्छ यस्तो असर

दिनभरको थकान मेटाउन होस् वा काममा सक्रिय रहन, धेरै मानिसको रोजाइमा कफी पर्ने गर्छ । बिहान उठ्नेबित्तिकैदेखि साँझसम्म कफी पिउने बानी कतिपयको दैनिक जीवनकै हिस्सा बनेको छ । तर, तपाईंले पिउने एक कप कफीले रातिको निद्रामा कस्तो असर पार्छ भन्नेबारे कहिल्यै सोच्नुभएको छ ? विशेषज्ञहरूका अनुसार कफीमा पाइने क्याफिनले मानिसलाई केही समय जागा र सक्रिय राख्न मद्दत गर्छ । तर, यसको ...

फरकधार
आइजिपीबाट हटाइएका कार्कीको रिट सर्वोच्चमा दर्ता, अब के हुन्छ ?
PoliticsJust now

आइजिपीबाट हटाइएका कार्कीको रिट सर्वोच्चमा दर्ता, अब के हुन्छ ?

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्तासँगै प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवाद अब न्यायिक परीक्षणमा प्रवेश गरेको छ । सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन् । कार्कीले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play