Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

प्रियांश आर्यले तोडे क्रिस गेलको १३ वर्ष पुरानो कीर्तिमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रियांश आर्यले तोडे क्रिस गेलको १३ वर्ष पुरानो कीर्तिमान
Photo / Coverage: हिमालय टाइम्स

एजेन्सी । भारतका युवा ब्याटर प्रियांश आर्यले घरेलु टी-२० क्रिकेटमा ऐतिहासिक ब्याटिङ गर्दै नयाँ कीर्तिमान बनाउनुभएको छ । सैयद मुस्ताक अली ट्रफीअन्तर्गत मंगलबार तमिलनाडुविरुद्ध दिल्लीका कप्तान आर्यले मात्र ६८ बलमा १८१ रनको विस्फोटक इनिङ्स खेल्नुभयो । २५ वर्षीय ओपनर आर्यको यो स्कोर पुरुष टी-२० क्रिकेट इतिहासकै दोस्रो ठूलो व्यक्तिगत स्कोर हो । यससँगै उहाँ टी-२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने भारतीय ब्याटरसमेत बन्नुभएको छ । आर्यले आफ्नो इनिङ्समा १९ छक्का र नौ चौका प्रहार गर्नुभयो । उहाँले केवल १८ बलमा अर्धशतक पूरा गर्नुभएको थियो भने ३६ बलमै शतक बनाउनुभएको थियो । शतकपछि पनि आक्रामक ब्याटिङलाई निरन्तरता दिनुभएका उहाँले थप २४ बलमा १५० रनको आँकडा पार गर्नुभयो ।आर्यले तमिलनाडुका एम सिद्धार्थलाई लगातार बलमा चौका र छक्का प्रहार गर्दै क्रिस गेलको १७५ रनको कीर्तिमानसमेत उछिन्नुभएको थियो । गेलले सन् २०१३ मा आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलुरुबाट खेल्दै पुणे वारियर्सविरुद्ध अविजित १७५ रन बनाउनुभएको थियो । तर, आर्य पुरुष टी-२० क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोरको विश्व कीर्तिमान बनाउन भने सात रनले चुक्नुभयो । दक्षिण अफ्रिकाका लुआन-ड्रे प्रिटोरियसले गत महिना सिएसए टी-२० च्यालेन्जमा १८८ रन बनाउँदै यो कीर्तिमान आफ्नो नाममा लेखाउनुभएको थियो । आर्यले एकै इनिङ्समा १९ छक्का प्रहार गर्दै फिन एलेनको कीर्तिमानसँग पनि बराबरी गर्नुभएको छ । टी-२० क्रिकेटको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचीमा अब उहाँ संयुक्तरूपमा शीर्ष स्थानमा हुनुहुन्छ । उहाँको विस्फोटक ब्याटिङको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २७५ रन बनायो । यो सैयद मुस्ताक अली ट्रफीको इतिहासमा संयुक्तरूपमा तेस्रो ठूलो योगफल हो । आइपिएलमा पञ्जाब किंग्सबाट खेल्ने आर्यलाई टोलीले सन् २०२७ को आइपिएल अक्सनअघि रिटेन गरिसकेको छ । यसअघि आइपिएल २०२६ मा पनि उहाँ तीव्र गतिमा रन बनाउने ओपनरमध्ये एक हुनुहुन्थ्यो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
फिफाको निलम्बन खुल्नेमा एन्फा आशावादी, ‘सबै विकल्पमा लचिलो छौं’
Latest NewsJust now

फिफाको निलम्बन खुल्नेमा एन्फा आशावादी, ‘सबै विकल्पमा लचिलो छौं’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले नेपाली फुटबलको विद्यमान विवाद समाधानका लागि एन्फा सबै विकल्पमा लचिलो हुन तयार रहेको बताउनुभएको छ । उहाँले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को आगामी निर्देशनअनुसार अघि बढ्ने स्पष्ट पार्दै एन्फामाथिको अन्तर्राष्ट्रिय निलम्बन पनि चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथि ...

हिमालय टाइम्स
सन् २०३५ को महिला विश्वकप बेलायतमा, चार देशका १९ रंगशालामा प्रतिस्पर्धा
Latest NewsJust now

सन् २०३५ को महिला विश्वकप बेलायतमा, चार देशका १९ रंगशालामा प्रतिस्पर्धा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३५ मा आयोजना हुने महिला विश्वकप फुटबलको जिम्मेवारी संयुक्त अधिराज्य (बेलायत) लाई सुम्पिएको छ । बेलायतका चार देश इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले संयुक्तरूपमा प्रतियोगिता आयोजना गर्ने भएका छन् । फिफाले जुरिचबाट भर्चुअल माध्यममा बसेको विशेष बैठकमार्फत् आयोजनाको अधिकार प्रदान गर्ने निर्णय गरेको हो ।यससँगै झण्डै सात दशकपछि बेलायतमा पुनः फुटबल ...

हिमालय टाइम्स
कालापानी मिनी गोल्डकप मंसिर १२ देखि, आठ टोलीबीच उपाधि भिडन्त
Latest NewsJust now

कालापानी मिनी गोल्डकप मंसिर १२ देखि, आठ टोलीबीच उपाधि भिडन्त

विराटनगर । मोरङको पथरीशनिश्चरेमा फुटबलको रौनक बढ्ने भएको छ । स्थानीय खेलकुदको विकास र फुटबल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप-२०८३ आगामी मंसिर १२ गतेदेखि सुरु हुने भएको छ । कालापानी युनाइटेड क्लबको आयोजनामा हुने प्रतियोगितामा मोरङ, सुनसरी, झापा र आसपासका क्षेत्रका आठ फुटबल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा मंसिर १२ ...

हिमालय टाइम्स
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई
Latest NewsJust now

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

रुपन्देही । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ । नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement