Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रहरी महानिरीक्षक कार्कीले लगाए प्रहरी कर्मचारीलाई दशैंको टीका

प्रहरी महानिरीक्षक कार्कीले लगाए प्रहरी कर्मचारीलाई दशैंको टीका

10/22/2026, 2:31:46 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी महानिरीक्षक कार्कीले लगाए प्रहरी कर्मचारीलाई दशैंको टीका

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादशैं २०८३ का अवसरमा सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका तथा जमरा लगाएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी तथा प्रहरी परिवारका सदस्यलाई टीका र जमरा लगाउँदै सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरे। इच्छुक प्रहरी कर्मचारीलाई टीका लगाउन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको थियो। कार्यक्रममा प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृत, पूर्वप्रहरी कर्मचारी, प्रहरी अधिकृत तथा जवान र उनीहरूका परिवारको उपस्थिति थियो। सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले टीका ग्रहण गर्न उपस्थितलाई जमरा तथा प्रसाद प्रदान गरेकी थिइन्। कार्यक्रममा सहभागीहरूले एकआपसमा विजया दशमीको शुभकामनासमेत आदानप्रदान गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
OthersJust now

तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले स्वेच्छाले चढाएको भेटीका रुपमा नगद ३३ लाख भन्दा बढी संकलन भएको हो । चालुु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा पाथीभराको दर्शन गरी चडाएको भेटी ३३ लाख २६ हजार ६५० रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका ...

पर्दाफास
फ्रान्समा पहिलो पटक मानिसमा भेटियो शामोन्डा भाइरस
OthersJust now

फ्रान्समा पहिलो पटक मानिसमा भेटियो शामोन्डा भाइरस

५ कात्तिक, काठमाडौं । फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको… ...

अनलाइन खबर
चन्द्रलाल तामाङ : बिहान-बेलुका किसान, दिउँसो वडाध्यक्ष
OthersJust now

चन्द्रलाल तामाङ : बिहान-बेलुका किसान, दिउँसो वडाध्यक्ष

चन्द्रलाल धनकुटा नगरपालिका-२ का निर्वाचित अध्यक्ष हुन् । नेकपा एमालेबाट लगातार दोस्रो कार्यकाल वडाको नेतृत्व सम्हालिरहेका उनी जनप्रतिनिधि मात्र होइनन्, सफल र उदाहरणीय पशुपालक किसान पनि हुन् । ...

अनलाइन खबर
युक्रेन युद्धबारे नोभेम्बरमा त्रिपक्षीय वार्ता गर्न रुस तयार
OthersJust now

युक्रेन युद्धबारे नोभेम्बरमा त्रिपक्षीय वार्ता गर्न रुस तयार

क्रेमलिनका अनुसार रुस, अमेरिका र चीनका राष्ट्रपतिबीच आगामी महिना चीनको सेन्जेनमा शिखर बैठक गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ । रुसी अधिकारीहरूले यसलाई तीन देशका नेताबीचको ऐतिहासिक भेट हुन सक्ने बताएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play