Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रहरीले भन्यो- दशैँ मनाउन उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक बाहिरिए, शान्ति सुरक्षा सामान्य

प्रहरीले भन्यो- दशैँ मनाउन उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक बाहिरिए, शान्ति सुरक्षा सामान्य

10/20/2026, 1:21:02 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरीले भन्यो- दशैँ मनाउन उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक बाहिरिए, शान्ति सुरक्षा सामान्य

बडा दशैँ मनाउन काठमाडौं उपत्यकाबाट १० लाखभन्दा बढी नागरिक आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । महानवमीसम्म सार्वजनिक बस, निजी सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीमार्फत उपत्यका छाड्नेको सङ्ख्या १० लाख नाघेको नेपाल प्रहरीको प्रारम्भिक तथ्याङ्कले देखाएको हो । नेपाल प्रहरीले यस वर्षको दशैँ अवधिमा देशभरको शान्ति सुरक्षाको अवस्था सामान्य र सुदृढ रहेको जनाएको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा रहेकाले हालसम्म कुनै गम्भीर प्रकृतिका आपराधिक घटना वा ठूला दुर्घटनाको जानकारी प्राप्त नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र नागरिकहरू सुरक्षित रूपमा आ–आफ्नो गन्तव्यमा पुग्ने क्रम जारी रहेको बताए । ‘देशभरको शान्ति सुरक्षा अवस्था सामान्य र सुदृढ छ । बडादसैँको नवमीसम्म काठमाडौं उपत्यकाबाट करिब १० लाखभन्दा बढी यात्रु विभिन्न सवारीसाधनमार्फत बाहिरिएको रिपोर्ट प्राप्त भएको छ,’ काफ्लेले भने, ‘हालसम्म कुनै गम्भीर घटना, दुर्घटना वा अपराधको जानकारी प्राप्त भएको छैन ।’ चाडपर्वका बेला यात्रुहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । ती कक्ष २४ सै घण्टा सञ्चालनमा रहेका छन् । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरीसहित अन्य सुरक्षाकर्मी परिचालन गरी यात्रुका समस्या तथा गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले जानकारी दिए । यस वर्ष प्रहरीले नागरिकको सहभागितामा आधारित ‘यदि केही देख्नुहुन्छ भने, केही भन्नुहोस्’ अभियानसमेत सञ्चालन गरेको छ । अभियानअन्तर्गत सर्वसाधारणबाट प्रहरीको आपत्कालीन नम्बर १०० मा सूचना प्राप्त भइरहेका छन् । प्राप्त सूचनाका आधारमा प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरी आवश्यक सेवा प्रदान गरिँदै आएको काफ्लेले बताए । ‘यस वर्षको विशेष सुरक्षा योजनाअन्तर्गत नागरिकबाट सूचनाहरू प्राप्त भइरहेका छन् । प्राप्त सूचनाका आधारमा प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरी आवश्यक सेवा प्रदान गरिँदै आएको छ,’ उनले भने, ‘देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ ।’ प्रहरीले चाडपर्वका समयमा कुनै पनि अस्वाभाविक गतिविधि, शङ्कास्पद अवस्था वा आकस्मिक घटना देखिएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा तुरुन्त खबर गर्न आम नागरिकलाई आग्रह गरेको छ । नागरिकबाट प्राप्त सूचना र सहकार्यले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष
OthersJust now

ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष

३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्प लामो समयदेखि अध्यागमनमा कडाइ गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। ट्रम्पले करिब ८ वर्षअघि नै आफूले म्याक्रोंलाई अन्य देशबाट आउने मानिसहरूलाई ठूलो सङ्ख्यामा फ्रान्समा… ...

अनलाइन खबर
भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?
OthersJust now

भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?

करिब पाँच दशकअघि संसार छाडेका एक सन्त, उत्तराखण्डका पहाडमा बनेको एउटा आश्रम र ती सन्तको जीवनबाट प्रेरित एउटा फिल्म । फिल्मको सुरुवात ठूला हिन्दी फिल्मको जस्तो थिएन । तर, अहिले यो फिल्म चर्चाको केन्द्रमा छ । यसको मुख्य कारण हो, ‘हनुमान अंश’ नामक फिल्मले बक्स अफिसमा हासिल गरेको सफलता । प्रसिद्ध फिल्म समीक्षक तरण आदर्शका… ...

अनलाइन खबर
कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प
OthersJust now

कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार मंगलबार बिहान कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प २३ किलोमिटर गहिराइमा गएको थियो। भूकम्पका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त नभएको एएनआइले जनाएको छ । एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट ...

पर्दाफास
डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको उद्धार, उपचारका लागि सुर्खेत लगियो
OthersJust now

डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको उद्धार, उपचारका लागि सुर्खेत लगियो

३ कात्तिक, सुर्खेत । डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ । डोल्पाको विकट बस्तीमा साल अड्किएर जटिल अवस्थामा रहेकी एक गर्भवती महिलाको उद्धार गरी थप उपचारका लागि सुर्खेत लगिएको छ । शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको गर्भावस्थामा साल अड्किएपछि अवस्था जटिल बनेको थियो । उनलाई… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play