Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने
Photo / Coverage: कर्पोरट खबर

काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) क्षेत्रको निरीक्षण गरेका छन् । बुधबार निर्माणस्थल पुग्नुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले स्टुडियो निर्माणस्थलको भौगोलिक तथा प्राविधिक पक्ष, वातावरणीय प्रभाव र स्थानीय सरोकारबारे जानकारी लिए । उनले राष्ट्रिय महत्त्वको परियोजनालाई थप ढिलाइ नगरी स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई सम्मान गर्दै अघि बढाउनुपर्ने बताए । निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा चलचित्र विकास बोर्डका पदाधिकारीसँगको छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले विकास आयोजनाबाट कसैलाई अन्याय हुन नहुने र राष्ट्रिय महत्त्वका परियोजना अनिश्चितकालसम्म रोकिन नहुने धारणा राखे । “परियोजना बन्दा कसैलाई अन्याय हुनु हुँदैन। स्थानीय बासिन्दाको भावना र सरोकारलाई सम्मान गर्नुपर्छ। कानुनी प्रक्रिया, स्थानीयको हित र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्छ,” उनले भने । उनले चलचित्र स्टुडियो निर्माणलाई एउटा भौतिक संरचना निर्माणका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधि, रोजगारी, पर्यटन र चलचित्र क्षेत्रको विकाससँग जोडेर हेर्नुपर्ने बताउनुभयो। स्टुडियो सञ्चालनमा आएपछि कलाकार, चलचित्रकर्मी, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र होटल, यातायातलगायत स्थानीय व्यवसाय विस्तार हुने उनको भनाइ थियो। “यहाँ चलचित्र स्टुडियो निर्माण भयो भने यो क्षेत्र एउटा महत्त्वपूर्ण आकर्षणको केन्द्र बन्न सक्छ। त्यसबाट सिर्जना हुने रोजगारी, व्यवसाय र आर्थिक गतिविधिको लाभ स्थानीय बासिन्दाले पनि पाउँछन्। आयोजनाको प्रत्यक्ष लाभ मात्र होइन, अप्रत्यक्ष लाभसमेत हेर्नुपर्छ,” उनले भने । करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको ‘सिनेपा’ स्टुडियोको निर्माणका लागि तयार पारिएको शुरुवाती डिजाइनअनुसार संरचना बनाउन स्थानीयले अवरोध गरेपछि डिजाइन परिवर्तन गर्न पर्ने वा नपर्ने बारे चलचित्र विकास बोर्डले अध्ययन गरिरहेको छ । बोर्डका अनुसार प्रारम्भिक प्राविधिक अध्ययनअनुसार निर्माणका लागि करिब एक लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने देखिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले चलचित्र स्टुडियो निर्माणका लागि हालसम्म भएको कार्यप्रगति र देखिएका चुनौतीबारे जानकारी गराए । सोक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले शुरुवाती डिजाइन परिवर्तन गर्दा ठूलो परिमाणमा माटो कटान गर्नुपर्ने देखिएकाले वातावरणीय प्रभाव र प्राकृतिक सौन्दर्य संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । डाँडाको भौगोलिक बनावट परिवर्तन हुँदा प्राकृतिक दृश्यमा समेत प्रभाव पर्न सक्ने भएकाले निर्माणको वैकल्पिक स्वरूप र स्थानबारे पुनः अध्ययन गर्न उनले निर्देशन दिए । “यो ठाउँको प्राकृतिक सौन्दर्य निकै आकर्षक देखियो। तर संरचना निर्माणका लागि डाँडा खार्नुपर्ने अवस्था रहेछ। त्यसले यहाँको प्राकृतिक स्वरूपमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ। सम्भव भएसम्म प्राकृतिक सौन्दर्य जोगाउँदै निर्माण गर्न सकिने विकल्प खोज्नुपर्छ,” उनले भने । आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने कार्यक्रम समावेश गरिएको थियो । सोही योजनाअन्तर्गत २०८२ वैशाखमा शिलान्यास गरिएको ‘सिनेपा’ स्टुडियोमा इन्डोर तथा आउटडोर दुवै प्रकारका संरचना निर्माण गर्ने योजना छ । इन्डोर क्षेत्रमा अस्पताल, प्रहरी चौकी, कारागार तथा ठूला भवनका भित्री दृश्य छायाङ्कन गर्न मिल्ने स्थायी र पोर्टेबल सेट निर्माण गरिनेछ। त्यस्तै, आउटडोर क्षेत्रमा नेपाली चलचित्रको इतिहास अध्ययन गर्न चलचित्र सङ्ग्रहालय, पुस्तकालय, पटकथा लेखन तथा निर्देशन कक्ष र चलचित्रसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सभाहल निर्माण गर्ने योजना रहेको छ। सञ्चारमन्त्री डा तिमिल्सिनाले शुरुवाती डिजाइन परिवर्तन गर्दा ठूलो परिमाणमा माटो कटान गर्नुपर्ने देखिएकाले वातावरणीय प्रभाव र प्राकृतिक सौन्दर्य संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । तिमिल्सिनाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र स्टुडियो निर्माण थाल्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए । उनले यस विषयमा संसद्मा समेत प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै सरकार र चलचित्र विकास बोर्डको प्रयाससँगै स्थानीय सरकार तथा समुदायको सहयोग पनि उत्तिकै आवश्यक रहेको बताए । “मैले संसद्मा पनि यो वर्ष चलचित्र स्टुडियो बनाउने प्रतिबद्धता व्यक्त गरिसकेको छु। तर सरकार र बोर्डले चाहेर मात्रै सबै कुरा सम्भव हुँदोरहेनछ। स्थानीय सरकार, स्थानीय बासिन्दा र अन्य सरोकारवाला पक्षको पनि भूमिका हुन्छ। विगतका कमजोरीबाट सिकेर साझा समझदारीका साथ अब कार्यान्वयनमा जानुपर्छ,” उनले भने । The post प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियो स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जेनजी आन्दोलनका घाइते सान्तनुको अवस्था बुझ्न शिक्षण अस्पताल पुगे दुई मन्त्री
Latest NewsJust now

जेनजी आन्दोलनका घाइते सान्तनुको अवस्था बुझ्न शिक्षण अस्पताल पुगे दुई मन्त्री

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका सान्तनु ढकालको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी त्रिवि शिक्षण अस्पताल पुगेका छन्। सो अवसरमा मन्त्रीद्वयले उपचाररत सान्तनु तथा उनका परिवारसँग भेटघाट गर्दै उपचारको प्रगति, थप उपचारका आवश्य... ...

नेपालखबर
बूढीगण्डकी प्राधिकरण गठनको विधेयक अन्तिम चरणमा
Latest NewsJust now

बूढीगण्डकी प्राधिकरण गठनको विधेयक अन्तिम चरणमा

काठमाडौं। बूढीगण्डकी जलविद्युत् आयोजनालाई प्राधिकरण मोडलमा अघि बढाउने गरी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ। सभामुख डोलप्रसाद अर्यालले विधेयकको मस्यौदा बिहीबारसम्म टुंग्याएर संसद् अधिवेशन सुरु भएको दुई साताभित्र पेस गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार आयोजनाको कार्यालय भवन, आवास र पक्की पुलको शिलान्यास गर्दै सभामुख अर्यालले प्राधिकरण गठन भएपछि आयोजना कार्यान्वयनमा अवरोध नहुने दाबी गरे। उनले प्राधिकरणलाई शक्तिशाली संस्थागत ...

नेपालन्युज
परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

काठमाडौँ, मङ्सिर ९ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार... ...

गोरखापत्र
झापा महिला गोल्डकपः एपिएफ फाइनलमा
Latest NewsJust now

झापा महिला गोल्डकपः एपिएफ फाइनलमा

• एपिएफ फुटबल क्लबले झापा–११ लाई २–० गोल अन्तरले हराउँदै झापा महिला गोल्डपकको फाइनलमा प्रवेश गरेको छ। • खेलको प्लेयर अफ द म्याच एपिएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन्, जसले नगद रु १५ हजार पुरस्कार प्राप्त गरिन्। • प्रतियोगिताको विजेताले नगद रु ११ लाख र उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउनेछन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement