काठमाडौं, कात्तिक २७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष प्रभुराम थापाले पदबहाली गर्नुभएको छ । शनिवार काठमाडौंको थापागाउँस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष थापाले पदबहाली गर्नुभएको हो । यही कात्तिक १८ र १९ अर्थात नोभेम्बर ४–५ मा काठमाडौंमा सम्पन्न दोस्रो अन्तराष्ट्रिय महाधिवेशनबाट थापा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । थापाले शनिवार केन्द्रीय कार्यालयको माइन्यूटमा हस्ताक्षर गरी पदबहाली गर्नुभयो । हाँको पदबहालीमा नवनिर्वाचित कमिटीका सचिव रामशरण सिम्खडा, उपसचिव ज्योती शर्मासहित कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो । पदबहालीको क्रममा केन्द्रीय कार्यालयको तर्फबाट फुलको गुच्छा दिइएको थियो । पदबहालीपछि संक्षिप्त धारणा राख्दै थापाले केन्द्रीय कार्यालय निर्माण र सदस्यता दोब्बर बृद्धि गर्ने कामसहित प्रवासी नेपालीका समस्या सधाधानमा योजनावद्ध ढंगले लाग्ने बताउनु भयो । ‘एकपटकका नेपाली सधैका नेपाली भन्ने प्रवासको मुल मुद्धालाई दृढताका साथ अघि बढाउँदै सवै राजनीतिक दल र सरकारलाई सहमत गराउने काममा लाग्ने पनि थापाले बताउनु भयो । ‘केन्द्रीय कार्यालय भवन बनाउने, सदस्यता दोब्बर बृद्धि गर्ने र प्रवासीको समस्या समाधानमा दृढतापुर्वक लाग्ने हाम्रो मुल योजना हो, नेपालको समृद्धिलाई साथ दिने र समृद्ध नेपाल निर्माणको अभियानलाई लक्ष्यमा पुर्याउने कामका लागि हामी दृढ छौं, सवैबाट यही सहयोगको अपेक्षा छ,’ अध्यक्ष थापाले भन्नुभयो । यस्तै अध्यक्ष थापाले पदाधिकारीको कार्यबिभाजन भइसकेको जानकारी दिँदै अव कामलाई गति दिने बताउनु भयो । उहाँले निर्वाचनमा उपबिजेता बनेका साथीहरुलाई पनि संगै हिडाउँदै प्रवासमा रहेका नेपालीहरूको सवैभन्दा ठूलो संस्थाका रुपमा ओएनएफलाई स्थापित गर्ने आफ्नो योजना रहेको जानकारीसमेत दिनुभयो । oplus_0 oplus_0 oplus_0 oplus_0 oplus_0 oplus_0
प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापाले गरे पदबहाली : भवन निर्माणदेखि नागरिकताको मुद्धामा नेतृत्वसम्मका आयो अठोट

Read Complete Original Article
Published originally on जनताटाइम्स






