Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

प्रभु थापाको नेतृत्वमा यस्तो बन्यो प्रवासी नेपाली मञ्चको टीम, यस्तो छ अध्यक्षदेखि सदस्यसम्मका नामावली

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रभु थापाको नेतृत्वमा यस्तो बन्यो प्रवासी नेपाली मञ्चको टीम, यस्तो छ अध्यक्षदेखि सदस्यसम्मका नामावली
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २० । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको नवनिर्वाचित कार्यसमितिको शपथमा निकै रोचक दृष्य देखिएका छन । अमेरिकाको बाल्टिमोर निवासी लमजुङका प्रभुराम थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुँदा उपाध्यक्षमा निवर्तमान कमिटीका सचिव चानक पोखरेललाई पराजीत गरी युइर्एका टकबहादुर गुरुङ, सचिवमा जर्मनीका सन्तेष भट्टराईलाई हराएर बेलायतका रामशरण सिंखडा र उपसचिवमा जापानका सुरेश केसीलाई हराएर अमेरिकाका कृष्णप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । उपसचिव महिलामा भने अध्यक्ष थापाजस्तै इजरायलकी ज्योतीदेवी शर्मा निर्विरोध हुनुभएको छ । यस्तै सदस्यहरुमा मध्यपूर्व महादेशका चार सदस्यबाहेक सवै महादेशमा निर्बिरोध निर्वाचित भएका छन । निर्वाचित हुनेमा कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ्ग, तेजबहादुर कटवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ, इन्दिरा कटवाल, रश्मि राई (गुराँस), इन्द्रप्रसाद ओली र गोविन्दप्रसाद पौडेल हुनुहुन्छ । यसैगरी चन्द्रकान्त आचार्य, टिकाराम सापकोटा, सत्यनारायण झा, सुरेन्द्र थपलिया, चन्द्राकुमारी गुरुङ्ग र सरस्वती केसी, प्रकाश बस्नेत, रमेश प्रसाद धिताल, कुन्ती थापा, अनित थपलिया, बसन्त राई, रामचन्द्र लोप्चन, डा. सन्जु कुमारी पौडेल, केशव जोशी, बालगोपाल उपाध्याय, माधव शाह र सीता केसी थापा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सोमवार एमाले केन्द्रीय कार्यालयमा इञ्चार्ज एमाले उपमहासचिव लेखराज भट्ट र संगठन बिभाग प्रमुख सचिव भानुभक्त ढकालको उपस्थितिमा अध्यक्ष प्रभु थापाले शपथ गराउनु भएको छ । oplus_0

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव
PoliticsJust now

कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशका खराब सूचक सुधारमा ध्यान दिन सुझाव दिएका छन् । संघीय सरकारका महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबिच शुक्रबार मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन सङ्घीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने […] ...

काठमाण्डुपाटी
मधेशमा उपेन्द्रले मागे आफ्नो नेतृत्व
PoliticsJust now

मधेशमा उपेन्द्रले मागे आफ्नो नेतृत्व

काठमाण्डु – मधेसमा जनता समाजवादी पार्टी जसपाले सरकारको नेतृत्व मागेको छ। उपेन्द्र यादवले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने माग राखेका हुन् । उपेन्द्रको मागमा नेकपा सकारात्मक देखिए पनि एमालेले यकिन धारणा दिन सकेको छैन । ‘सम्भवत उपेन्द्रजीहरूकै नेतृत्वमा सरकार अगाडि बढ्न […] ...

काठमाण्डुपाटी
कफी धेरै पिउने बानी छ ? निद्रामा पर्न सक्छ यस्तो असर
PoliticsJust now

कफी धेरै पिउने बानी छ ? निद्रामा पर्न सक्छ यस्तो असर

दिनभरको थकान मेटाउन होस् वा काममा सक्रिय रहन, धेरै मानिसको रोजाइमा कफी पर्ने गर्छ । बिहान उठ्नेबित्तिकैदेखि साँझसम्म कफी पिउने बानी कतिपयको दैनिक जीवनकै हिस्सा बनेको छ । तर, तपाईंले पिउने एक कप कफीले रातिको निद्रामा कस्तो असर पार्छ भन्नेबारे कहिल्यै सोच्नुभएको छ ? विशेषज्ञहरूका अनुसार कफीमा पाइने क्याफिनले मानिसलाई केही समय जागा र सक्रिय राख्न मद्दत गर्छ । तर, यसको ...

फरकधार
आइजिपीबाट हटाइएका कार्कीको रिट सर्वोच्चमा दर्ता, अब के हुन्छ ?
PoliticsJust now

आइजिपीबाट हटाइएका कार्कीको रिट सर्वोच्चमा दर्ता, अब के हुन्छ ?

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्तासँगै प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवाद अब न्यायिक परीक्षणमा प्रवेश गरेको छ । सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन् । कार्कीले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play