Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री साहको भारत भ्रमण सफल र उपलब्धिपूर्ण हुने रास्वपाको विश्वास, राष्ट्रिय हितलाई केन्द्रमा राख्न आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री साहको भारत भ्रमण सफल र उपलब्धिपूर्ण हुने रास्वपाको विश्वास, राष्ट्रिय हितलाई केन्द्रमा राख्न आग्रह
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि आज मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्न लाग्नुभएको सन्दर्भमा रास्वपाले भ्रमणलाई दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा रहने ३४ सदस्यीय प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ । दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै रास्वपाले द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी हुने अपेक्षा गरेको छ । महामन्त्री आचार्यद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विशेष रहिआएको छ। यस भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।” रास्वपाले प्रधानमन्त्री शाहले भारत भ्रमणका सन्दर्भमा पार्टी सभापतिसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराउनुभएको जनाएकाे छ । साे अवसरमा पार्टी सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको रास्वपाले जनाएको छ । शुभकामना सन्देशमा भनिएको छ, “सभापतिज्यूले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ।” रास्वपाले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने र नेपालको राष्ट्रिय हित तथा साझा सरोकारका विषयमा सकारात्मक उपलब्धि हासिल हुने अपेक्षासहित भ्रमणको सफलताको कामना गरेको छ । “राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने हार्दिक शुभकामना !” महामन्त्री आचार्यद्वारा जारी सन्देशमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विदेशी दबाबमा धर्मनिरपेक्षता लादिएको लिङ्देनको आरोप
PoliticsJust now

विदेशी दबाबमा धर्मनिरपेक्षता लादिएको लिङ्देनको आरोप

आम नागरिकको इच्छाविपरीत विदेशी शक्तिहरूको हस्तक्षेप र दबाबमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाएका छन्। ...

हाम्राकुरा
रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित
PoliticsJust now

रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी त्रिभुवन विमानस्थलबाट भारत उडेका हुन् । प्रधानमन्त्रीको भ्रमण तामझाम नगरिकन अनौपचारिकतामा सीमित भएको छ। उनलाई विदाईका लागि उपस्थित हुने सरकारी टोली र व्यक्तिहरूको सङ्ख्या घटाइएको छ। प्रधानमन्त्रीको विदाइका लागि कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ मात्रै […] ...

काठमाण्डुपाटी
जित्नै पर्ने खेलमा नेपालले पायो १२२ रनको सामान्य लक्ष्य
PoliticsJust now

जित्नै पर्ने खेलमा नेपालले पायो १२२ रनको सामान्य लक्ष्य

कतारको दोहामा जारी एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा यूएईले नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भयो । यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।  त्यस्तै, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रनको योगदान दिए । यूएईका अन्य ब्याटरले भने दोहोरो अंकमा ...

फरकधार
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने
PoliticsJust now

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play