Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल तथा संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य सहभागी हुनुहुन्छ । त्यसैगरी, भ्रमण टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन जना प्रतिनिधिसहित कुल ३५ सदस्य सहभागी रहनुभएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोलि मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यतालिका रहेको उहाँकाे सचिवालयले जनाएकाे छ । भ्रमणका अवसरमा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यम्बन्धी सम्पन्न विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने जनाइएको छ । त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ । भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै, भोलि सोमबार प्रधानमन्त्री शाह नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धासुमन अर्पण गर्नुहुनेछ । दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर भाेलि साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहितको भ्रमण टोली स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका क्रममा भएका भेटवार्ता, छलफल, समझदारी तथा उपलब्धिबारे जानकारी गराउनुहुने जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित
PoliticsJust now

रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी त्रिभुवन विमानस्थलबाट भारत उडेका हुन् । प्रधानमन्त्रीको भ्रमण तामझाम नगरिकन अनौपचारिकतामा सीमित भएको छ। उनलाई विदाईका लागि उपस्थित हुने सरकारी टोली र व्यक्तिहरूको सङ्ख्या घटाइएको छ। प्रधानमन्त्रीको विदाइका लागि कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ मात्रै […] ...

काठमाण्डुपाटी
जित्नै पर्ने खेलमा नेपालले पायो १२२ रनको सामान्य लक्ष्य
PoliticsJust now

जित्नै पर्ने खेलमा नेपालले पायो १२२ रनको सामान्य लक्ष्य

कतारको दोहामा जारी एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा यूएईले नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भयो । यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।  त्यस्तै, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रनको योगदान दिए । यूएईका अन्य ब्याटरले भने दोहोरो अंकमा ...

फरकधार
प्रधानमन्त्री साहको भारत भ्रमण सफल र उपलब्धिपूर्ण हुने रास्वपाको विश्वास, राष्ट्रिय हितलाई केन्द्रमा राख्न आग्रह
PoliticsJust now

प्रधानमन्त्री साहको भारत भ्रमण सफल र उपलब्धिपूर्ण हुने रास्वपाको विश्वास, राष्ट्रिय हितलाई केन्द्रमा राख्न आग्रह

काठमाडौं, मंसिर ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि ...

जनताटाइम्स
प्रधानमन्त्री शाह भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता
PoliticsJust now

प्रधानमन्त्री शाह भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ : ४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको ३५ सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play