Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

जित्नै पर्ने खेलमा नेपालले पायो १२२ रनको सामान्य लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
जित्नै पर्ने खेलमा नेपालले पायो १२२ रनको सामान्य लक्ष्य
Photo / Coverage: फरकधार

कतारको दोहामा जारी एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा यूएईले नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भयो । यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।  त्यस्तै, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रनको योगदान दिए । यूएईका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै समान तीन-तीन विकेट लिए ।  त्यस्तै, राशिद खा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित
PoliticsJust now

रास्वपा सभापति लामिछाने पनि प्रधानमन्त्री विदाइमा अनुपस्थित

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी त्रिभुवन विमानस्थलबाट भारत उडेका हुन् । प्रधानमन्त्रीको भ्रमण तामझाम नगरिकन अनौपचारिकतामा सीमित भएको छ। उनलाई विदाईका लागि उपस्थित हुने सरकारी टोली र व्यक्तिहरूको सङ्ख्या घटाइएको छ। प्रधानमन्त्रीको विदाइका लागि कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ मात्रै […] ...

काठमाण्डुपाटी
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने
PoliticsJust now

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता हुने

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना ...

जनताटाइम्स
प्रधानमन्त्री साहको भारत भ्रमण सफल र उपलब्धिपूर्ण हुने रास्वपाको विश्वास, राष्ट्रिय हितलाई केन्द्रमा राख्न आग्रह
PoliticsJust now

प्रधानमन्त्री साहको भारत भ्रमण सफल र उपलब्धिपूर्ण हुने रास्वपाको विश्वास, राष्ट्रिय हितलाई केन्द्रमा राख्न आग्रह

काठमाडौं, मंसिर ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले पार्टीका तर्फबाट धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि ...

जनताटाइम्स
प्रधानमन्त्री शाह भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता
PoliticsJust now

प्रधानमन्त्री शाह भारत प्रस्थान, मोदीसँग भोलि द्विपक्षीय वार्ता

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ : ४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको ३५ सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play