Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो- द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो- द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् । भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको रास्वपाले जनाएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जान लागेको हो । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् । दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको आचार्यले बताएका छन् । नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न भ्रमण महत्त्वपूर्ण हुने रास्वपाको विश्वास छ । रास्वपाले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिमूलक र सुखद रहोस् भन्ने कामनासमेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति
OthersJust now

नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति

भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ । ‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको हो । ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघ टोली प्रस्थान
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघ टोली प्रस्थान

भ्रमण क्रममा नेपाल-भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा छ । ...

अनलाइन खबर
फ्रान्सेली युवाहरूको नयाँ विद्रोहको मार्गचित्र
OthersJust now

फ्रान्सेली युवाहरूको नयाँ विद्रोहको मार्गचित्र

झन्डै एक दशकदेखिको असन्तुष्टिको निरन्तरताका रूपमा देखिएको युरोपको विद्रोहले पहिचानको राजनीतिलाई पछि पार्दै पुनः वर्गीय सङ्घर्ष र समाजवादउन्मुख मिश्रित अर्थतन्त्रको बहसलाई विश्वव्यापी रूपमा केन्द्रमा ल्याएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play