Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्रै

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्रै
Photo / Coverage: केन्द्रबिन्दु

जुम्ला । जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४ दशमलव ६७ प्रतिशत मात्रै भएको छ । जिल्लामा चालु आवका लागि कुल बजेट रु तीन अर्ब ३३ करोड १६ लाख १९ हजार बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको चार दशमलव ६७ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए । जिल्लाको सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनाको छ । सडक डिभिजनमा चालु आवका लागि पुँजीगत बजेट रु एक अर्ब ७९ करोड ५० हजार विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा रु ६ करोड ४८ लाख १२ हजार अर्थात् तीन दशमलव ६१ प्रतिशत पुँजीगत खर्च भएको छ । यसैगरी, सघन सहरी तथा भवन आयोजनामा रु एक अर्ब ३९ करोड दुई लाख पाँच हजार पुँजीगत बजेट विनियोजन भएकामा चालु आवको पहिलो चौमासिकमा रु ६ करोड ८४ लाख २२ हजार अर्थात् चार दशमलव ९२ प्रतिशत खर्च भएको नियन्त्रक अछामीको भनाइ छ । उक्त कार्यालयका अनुसार जिल्लाका सङ्घीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठवटा स्थानीय तहका लागि पुँजीगततर्फ रु तीन अर्ब ३३ करोड १६ लाख बजेट प्राप्त छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घोप्टेभिरबाट झार्न थालियो जोखिमपूर्ण भाग
Latest NewsJust now

घोप्टेभिरबाट झार्न थालियो जोखिमपूर्ण भाग

पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ। शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो।  नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो। ... ...

नेपालखबर
प्रधानमन्त्री बालेनसँग भारत जाने टोलीमा को–को छन् ?
Latest NewsJust now

प्रधानमन्त्री बालेनसँग भारत जाने टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय प्रतिनिधिमण्डलको नाम सार्वजनिक भएको छ। प्रधानमन्त्रीको सचिवालयले भ्रमण टोलीमा सहभागी हुने सदस्यहरूको नाम सार्वजनिक गरेको हो। प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलगायत रहेका छन्। प्रधानमन्त्री बालेन नेतृत्वको टोली आइतबार अपराह्न पौने २ बजे नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम ...

केन्द्रबिन्दु
प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका लागि प्रस्थान
Latest NewsJust now

प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका लागि प्रस्थान

काठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको... ...

गोरखापत्र
५० प्रतिशत सकियो ४७.१ मेगावाटको गुरास हाइड्रो निर्माण, ४२२ परिवारलाई दिइयो संस्थापक सेयर
Latest NewsJust now

५० प्रतिशत सकियो ४७.१ मेगावाटको गुरास हाइड्रो निर्माण, ४२२ परिवारलाई दिइयो संस्थापक सेयर

संखुवासभा र भोजपुर जिल्लाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुरास हाइड्रो लिमिटेड आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाले विद्युत् उत्पादनसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउँदै आएको छ। आयोजनाको प्रस्तावित लागत ८ अर्ब २० करोड रुपैयाँ रहेको... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play