काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिर राखिएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो । दुईदिने राजकीय भ्रमणका लागि उहाँ आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ । त्यसैगरी, प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ । दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली, ठाउँठाउँमा नेपाल–भारतका झण्डा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






