Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव
Photo / Coverage: नेपालन्युज

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आइतबार र सोमबार भएको २ दिने भारतको राजकीय भ्रमणमा भएका समझदारीले नेपालमा पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरुले जनाएका छन् । प्रधानमन्त्रीको भ्रमण दलमा विजनेश डेलिगेसनको सदस्यको रुपमा सम्मिलित होटल संघ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डेद्वाराजारी गरिएको संयुक्त वक्तव्यमा भैरहवा एयर रुट, अयोध्या–जनकपुर रेल सेवा लगायत पर्यटकीय महत्वका विभिन्न सर्किटहरुको संजालबाट भारतीय पर्यटकहरुको नेपाल आगमन संख्या दोब्बरले वृद्धि गर्न सकिने उल्लेख गरेका छन् । दुवै मुलुकका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबीच भएका छलफल, समझदारी तथा १० बुँदे अवधारणापत्रमा दुई देशका जनता बीचको आपसी सम्बन्ध मजबुत र व्यापक बनाउन पर्यटन क्षेत्रको महत्व र यसबाट प्राप्त हुने आर्थिक समृद्धिको उल्लेख हुनु र दुवै देशका उद्योगी व्यवसायीहरु सम्मिलित विजनेश डेलिगेसन सहभागी रहेको नयाँ दिल्लीमा सम्पन्न नेपाल–इण्डिया विजिनेश राउन्ड टेबलमा समेत द्विपक्षीय पर्यटन प्रवर्द्धनको विषय महत्वका साथ प्रस्तुत हुनु उल्लेखनीय रहेको जनाइएको छ । उक्त अवसरमा प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायीहरुले भारतीय समकक्षी तथा सरोकार व्यक्तिसँग नेपालको पर्यटन विकास गर्न महत्वपूर्ण छलफल तथा सम्बन्ध विस्तार गरिएको पनि जनाइएको छ । भ्रमणका अवसरमा दुई देशीबीच भएको समझदारीको १० बुँदामध्ये अयोध्या–जनकपुर रेल संचालनले जनकपुर लगायत नेपालको पर्यटन विकासमा ठूलो प्रभाव पार्ने देखिन्छ । यो भ्रमणको अवसरको पूर्ण लाभ लिन केन्द्रीय तथा प्रदेश सरकार तथा सरोकारवाला निजी क्षेत्रले योजनावद्ध रुपमा जनकपुरमा आउने भारतीय पर्यटकहरुलाई काठमाडौं, पोखरा, मुक्तिनाथ, चितवन, लुम्बिनी लगायतका अन्य गन्तव्यमा आकर्षित गर्ने व्यवस्था गरी अझ बढी फलदायी बनाउनुपर्ने बताइएको छ । दुई देशबीच भैरहवा नाकामार्फत् दुई तर्फबाट हवाई यातायात संचालन गर्ने सहमति भएको सन्दर्भमा छिटोभन्दा छिटो यो सेवा संचालन गर्न दुवै मुलुक अग्रसर रहन पनि अपिल गरिएको छ । भ्रमणमा भएका समझदारीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने जनाउँदै हान, टान र नाट्टाका अध्यक्षहरुले समकक्षी भारतीय पक्षहरुमा नेपालसँगको व्यापार विस्तारमा नेपाली प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको भारत भ्रमणबाट सकरात्मक प्रभाव परेको उल्लेख छ । यसबाट सम्वद्ध नेपाली र भारतीय पक्षहरुले समेत नयाँ योजना तथा नाका लगायतमा विद्यमान व्यवस्थामा आवश्यक सुधार गरी भारतीय पर्यटक दोब्बर बढाउने गरी कार्य गर्ने तीनवटै पर्यटन संस्थाका अध्यक्षले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको राजकीय भ्रमणमा पर्यटन क्षेत्रबाट होटल संघ नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स जस्ता अग्रणी छाता संगठनसमेतको सहभागिता गराइएकोमा सराहना पनि व्यक्त गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु
Latest NewsJust now

भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु

विशेषज्ञ सेवा सुरु भएसँगै बिरामीले अब न्यूरो तथा प्लास्टिक सर्जरीका लागि नेपालगन्जबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । ...

कान्तिपुर
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित

नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। समूह ‘बी’ अन्तर्गत मङ्गलबार सम्पन्न आफ्नो अन्तिम खेलमा पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’) सँग ९६ रनले पराजित भएसँगै नेपालको यात्रा समूह चरणमै टुङ्गिएको हो। ...

नेपालबहस
ठमेलमा पर्यटक ठग्ने २२ जना कारबाहीमा
Latest NewsJust now

ठमेलमा पर्यटक ठग्ने २२ जना कारबाहीमा

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति गरेको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार कारबाहीमा पर्नेहरूमा ठूलो आवाजमा सङ्गीत बजाउने रेस्टुरेन्ट तथा बार सञ्चालक, विना दर्ता ...

नेपालन्युज
पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल
Latest NewsJust now

पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल

पहिलो खेलमा भारत ‘ए’ सँग नेपाल २६ रनमै अलआउट भएको थियो । युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा पाकिस्तान ‘ए’ विरुद्ध नेपालले पुनः त्यसैको झल्को दिएको थियो र टेस्ट खेल्ने राष्ट्रहरुको टोलीसँग कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement