Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाका आधारमा जेलमुक्त हुनुभएको छ। ६५ वर्ष उमेर पूरा भएपछि कानुनअनुसार प्राप्त हुने कैद छुट सुविधाका आधारमा रायमाझी बिहीबार बिहान ७ बजे डिल्लीबजार कारागारबाट रिहा हुनुभएको हो। अदालतबाट प्राप्त आदेश र संशोधित कैदीपुर्जीका आधारमा उहाँलाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ। तिहारअघि नै अदालतबाट रायमाझीकाे रिहाइसम्बन्धी पत्र जेलमा पुगेकाे थियाे। सोही आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरी रायमाझीलाई कारागारमुक्त गरिएको हो। ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुट सुविधाका लागि रायमाझीले अदालतमा निवेदन दिनुभएको थियो। उक्त निवेदनमाथि सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतले प्रचलित कानुनी व्यवस्थाअनुसार सुविधा प्रदान गर्ने निर्णय गरेको थियो। कारागारबाट बाहिरिएपछि रायमाझीलाई परिवार तथा आफन्तले घरमा टीका र मालासहित स्वागत गर्नु भएकाे छ । तत्कालीन नेकपा एमालेका सचिवसमेत रहनुभएका रायमाझी सांसद रहेकै अवस्थामा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएको थियो। उक्त प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरमा दोषी ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले उहाँलाई विभिन्न कसुरमा कैद तथा जरिवानाको सजाय सुनाएको थियो। अदालतको फैसलाअनुसार ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार
PoliticsJust now

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह वीरगन्ज कारागारबाट फरार भएका छन् ।  पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका साह बिहीबार बिहान कारागारको पर्खाल नाघेर फरार भएका हुन् । उनको कैद भुक्तान गर्न अब दुई वर्ष मात्रै बाँकी रहेको थियो ।  जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब ...

फरकधार
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर टोपबहादुर रायमाझी रिहा
PoliticsJust now

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर टोपबहादुर रायमाझी रिहा

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। उनलाई श्रीमतीको जिम्मामा रिहा गरिएको कारागार स्रोतले जानकारी दिएको छ। ‘उहाँलाई श्रीमती र परिवारका केही सदस्यको जिम्मा लगाइएको छ,’ स्रोतले भन्यो,’ आज बिहान उहाँ यहाँबाट जानु भयो।’ उनी ६५ वर्ष पूरा भएका छन्। आफू ...

फरकधार
भारतका पूर्वराजदूत रे नेपालमा, राजनीतिक भेटघाटमा सक्रिय
PoliticsJust now

भारतका पूर्वराजदूत रे नेपालमा, राजनीतिक भेटघाटमा सक्रिय

काठमाण्डु – नेपालका लागि भारतका पूर्वराजदूत रन्जित रे नेपालमा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । गत बिहीबार इन्डिगो एयरलाइन्सको नियमित उडानबाट दिल्लीहुँदै काठमाण्डु आएका पूर्वराजदूत रे राजनीतिक भेघाटमा सक्रिय भएका हुन् । काठमाण्डुमा .उनी .लाजिम्पाटस्थित र्‍याडिसन होटलमा बसेका छन् र विभिन्न व्यक्तित्वसँग भेटघाट गरेका छन्। नेपाल आए लगत्तै सोही दिन उनले डेनमार्कका लागि नेपालका पूर्वराजदूत […] ...

काठमाण्डुपाटी
मकवानपुरको भीमफेदीमा ईभी दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते
PoliticsJust now

मकवानपुरको भीमफेदीमा ईभी दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

काठमाडौं, कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा आज बिहान भएको दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाले ज्यान गुमाएका हुन्। प्रहरीका अनुसार काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालिका ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play