पुस्तक : केही कृतिकार केही कृति

रामेश्वर फुयाँलको ‘अर्दली’‘अर्दली’ रामेश्वर फुयाँलद्वारा रचित पुस्तक हो । फुयाँल बागमती प्रदेशबाट मन्त्री भइसक्नुभएका व्यक्ति हुनुहुन्छ । पूर्वकर्मचारी तथा नेकपा एमालेका नेता फुयाँल साहित्यतर्फ पनि झुकाव राख्नुहुन्छ भन्ने कुरा उहाँको यस पुस्तकले पुष्टि गर्दछ । उहाँको यो सङ्ग्रह हालैमात्र प्रकाशित भएको हो । २०८३ साल साउनमा प्रकाशित यो पुस्तक चित्रकविता सङ्ग्रह हो भनेर उल्लेख भएको छ । यसका चित्रहरू राजन काफ्लेले तयार पार्नुभएको छ भने तस्वीरहरू धर्मराज केसीले सङ्कलन गर्नुभएको छ । कागेश्वरी मनहरा दुई निवासी विष्णुप्रसाद फुयाँल यसको प्रकाशक हुनुहुन्छ भने वितरक सेञ्चुरी प्रकाशन प्रालि रहेको छ । २००० प्रति प्रकाशित भएको यो पुस्तकको सर्वाधिकार प्रकाशकमै रहेको छ । यसको साजसज्जा तथा मुद्रण व्यवस्थापन एमएस माउस बागबजारले गरेको छ । पुस्तक डिएमआई साइजमा छ । पुस्तक धेरै ठूलो छैन । आवरणमा कवि फुयाँलकै आकृति देखिनेगरी साथमा सम्भवतः उहाँकी अर्धाङ्गिनीको चित्र अङ्कित स्केच राखिएको छ । उहाँले एक हातमा कलम र अर्को हातले काँधमा रहेको कोदालो समाउनुभएको छ । माथि राष्ट्रिय झण्डा छ र त्यहाँ कुनै स्मारक र त्यसमा एउटा चिलको आकृति छ । त्यस वरिपरि कुनै सुन्दर उद्यानजस्तो देखिन्छ । यी सबै प्रतीकात्मक जस्ता लाग्छन् । माथि पुस्तकको शीर्षक ठूला अक्षरमा दिइएको छ भने तल कविको नाम उल्लेख भएको छ । यस पुस्तकमा भूमिकाखण्डमा समेत गरी जम्मा १०४ पृष्ठ छन् । पुस्तकको मूल्य ३०० रुपैयाँ हेको छ । छपाइ स्तरीय छ, अशुद्धिहरू कमै मात्र भेटिन्छन् । पुस्तकमा सेतो तौलयुक्त कागजको प्रयोग भएको छ । पृष्ठ आवरणमा कविको फोटो र प्राडा.जीवेन्द्रदेव गिरी तथा डा.विनोद मञ्जनका भनाइ छन् । भूमिका खण्डमा उहाँले यो पुस्तक पिता सोमप्रसाद फुयाँल र माता नन्दकुमारी फुयाँलमा स्मरण र समर्पण गर्नुभएको छ । यसका साथै विष्णुप्रसाद फुयाँलको ‘प्रकाशकीय’, कविको आफ्नै स्मृति ‘आफ्नै शब्द’ शीर्षकको लेखकीय र प्राडा.जीवेन्द्रदेव गिरीको ‘सर्जकका रूपमा रामेश्वर फुयाँललाई स्वागतम्’ र डा.विनोद मञ्जनको ‘रामेश्वर फुयाँलको कवित्व क्षितिज’ शीर्षकका भूमिका छन् । त्यसपछि विषयका सूचीका रूपमा कविताक्रम रहेको छ । यसबाट जानकारी भएनुसार यस सङ्ग्रहमा ५६ वटा कविता छन् । यी कविता विविध विषयमा लेखिएका छन्, यिनीहरू छोटा र मझ्यौला आयामका छन् । एक दुईवटालाई छोडेर अरू सम्पूर्ण कविताका शीर्षकहरू छोटा एक शब्दका र दुई शब्दका छन् । केशी कविता निकै छोटा पनि छन् र केही कविताहरू अलिक लामा छन् । साना छोटा कविता चार हरफका मात्र पनि छन् भने लामा भनिएका कविताहरू कोलम ब्रेक गरेर दुई पृष्ठमा अटाइएका छन् । तिनलाई कोलम ब्रेक नगर्ने हो भने ती तीन पृष्ठसम्मको फैलावटमा अटाउन सक्छन् । यस अर्थमा फुयाँलका यी कविताहरू छोटा र मझ्यौला आयामका छन् भन्न सकिन्छ र मझौला आयामका पनि थोरैमात्र छन् । राजनीतिक व्यक्ति भएका नाताले उहाँले राजनीतिलाई नै बिम्ब बनाएर विभिन्न शीर्षकमा कविताहरू लेख्नुभएको छ । उहाँले केही कविता महान् व्यक्तिहरूको सम्झना गरेर पनि लेख्नुभएको छ । साहित्य र राजनीति दुवै क्षेत्रमा उत्तिकै सशक्त नेपालका केही व्यक्तिहरूको स्मरण उहाँको यस प्रयासले गराउँछ र राजनीतिलाई कर्म क्षेत्र मान्ने फुयाँलको साहित्यिक पदारोहण प्रशंसनीय छ । उहाँलाई पुस्तकका लागि बधाई तथा उहाँबाट नेपाली साहित्यले पुनः यस्ता कृतिहरू पाइरहोस् भन्ने अग्रिम शुभकामना । आचार्यको ‘खुसीका पलहरू’‘खुशीका पलहरू’ चन्द्रकान्त आचार्यको संस्मरण सङ्ग्रह हो । यो पुस्तक डिएमआई साइजमा प्रकाशित भएको पाइन्छ । निर्मला आचार्य प्रकाशक रहेको यो पुस्तक २०८३ सालमा प्रकाशित भएको छ । सर्वाधिकार लेखकमै रहेको यो पुस्तकको लेआउट तथा मुद्रण लुम्बिनी प्रिटिङ सर्भिसेस प्रालि शङ्खमूल काठमाडौँमाबाट तयार भएको छ । भूमिकाखण्डमा १६ र पाठ्यखण्डमा २७२ गरी यस पुस्तकमा २८८ पृष्ठ छन् । पुस्तकको मूल्य ४५० रुपैयाँ छ । पुस्तकमा हलुका पहेँलो कागजको प्रयोग भएको छ । छपाइ स्तरीय छ र अशुद्धि कमैमात्र भेटिन्छन् । पुस्तकको आवरण सुन्दर छ । नीलो आकाश, सेता हिमाल, जङ्गल, फाँट, फूल र पोखरीहरू देखाइएको छ । त्यसमा उहाँ र उहाँकी जीवनसँगिनीको तस्वीर पनि रहेको छ । त्यसपछि उहाँका पूजनीय बा र आमामा यो पुस्तक समर्पण गरिएको छ । साथै उहाँले आफ्ना ससुरा, सासू र मामाका रङ्गीन फोटासमेत राख्नुभएको छ । पृष्ठावरणमा प्रकाशक आचार्यको प्रकाशकीयबाट केही सन्दर्भ साभार गरिएको बाहेक अरू कुराहरू दिइएको छैन । भूमिकाखण्डमा ‘विषय प्रवेश’ शीर्षकअन्तर्गत विभिन्न उपशीर्षक लेखकीयका रूपमा राखिएको छ । त्यसपछि छोटोमा ‘प्रकाशकीय’ छ । अरू कसैबाट भूमिका लेखाइएको छैन । त्यसपछि विषयसूची सुरु हुन्छ । यो पुस्तक विभिन्न आठ भागमा विभाजित भएको छ । पहिलो भागमा ‘पारिवारिक पृष्ठभूमि र बाल्यकाल’ दिएको छ । जसअन्तर्गत फरकफरक शीर्षकमा चारवटा संस्मरणात्मक लेख छन् । दोस्रो भागमा ‘किशोरकाल र माध्यमिक शिक्षा’का कुरा समेटिएको छ । यसखण्डमा विभिन्न चारवटा संस्मरणात्मक लेखहरू सङ्गृहीत छन् । भाग तीनमा ‘सोभियत संघमा मेरो विद्यार्थी जीवन’ शीर्षकअन्तर्गत विभिन्न शीर्षकका बीसवटा लेखहरू समेटिएका छन् । यो भाग नै यस पुस्तकको मुख्य भागका रूपमा रहेको देखिन्छ । भाग चारमा ‘कर्मक्षेत्र मातृभूमि नेपाल’ शीर्षकअन्तर्गत विभिन्न शीर्षकका १३ वटा लेख सङ्गृहीत भएका छन् भने भाग ५ मा ‘मनको प्रतिबिम्ब’ शीर्षकअन्तर्गत आठवटा लेखहरू समेटिएका छन् । यसैगरी भाग छमा ‘अक्सफोर्ड विश्वविद्यालयमा’ शीर्षकअन्तर्गत तीनवटा लेख छन् । त्यस्तै भाग सातमा ‘जागिरबाट उन्मुक्ति’ शीर्षकअन्तर्गत तीनवटा लेखहरू छन् भने भाग आठमा कर्मक्षेत्रको यात्री इन्जिनियरिङ परामर्श सेवा’अन्तर्गत तीनवटा लेख छन् । अन्त्यमा भाग नौ नभनिए तापनि उपसंहार शीर्षकअन्तर्गत ‘तिनका कथाभित्र म पनि अटाउँछु कि ?’ भन्ने शीर्षकअन्तर्गत लेखक परिचय र फोटो एल्बम दिइएको छ । यसरी तस्वीर खण्डमा उहाँले श्यामश्वेतमा केही फोटाहरू दिनुभएको छ भने त्यसपछि लेखक परिचय राख्नुभएको छ । जसबाट उहाँ मस्कोमा अध्ययन गरेका र अक्सफोर्ड विश्वविद्यालय बेलायतमा समेत पढेर दीक्षित एक सर्भे इन्जिनियर हुनुहुन्छ भन्ने थाहा हुन्छ । यसअन्तर्गत उहाँको सामान्य परिचय, साहित्यिक रचनाहरू, सम्मान तथा पुरस्कार दिएका छन् । इन्जिनियरिङ क्षेत्रको व्यक्ति भए तापनि उहाँका १४ वटा पुस्तक र विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशित भएको कुरा यहाँ उल्लेख गरिएको छ । त्यसपछि उहाँका केही पारिवारिक तस्वीरहरू यस पुस्तकमा समेटिएका छन् भने केही पृष्ठमा रङ्गीन तस्वीरहरू पनि रहेका छन् । व्यक्तिवृत्त, संस्मरण, नियात्राजस्ता विधाहरू पछिल्लो समयमा आख्यान र कविता काव्यभन्दा बढी पढिने विधाका रूपमा छन् । इन्जिनियर चन्द्रकान्त आचार्यलाई राम्ररी चिन्न बुझ्न चाहने हो भने यो किताब पढ्नै पर्ने हुन्छ । पुस्तकका लागि आचार्यलाई बधाईकबा साथै पुस्तकको सफलताको कामना । साहित्यमा कलम चलाउँदै आउनुभएका आचार्यबाट यस्ता कृति निरन्तर आइरहुन् अग्रिम शुभकामना ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

तीन महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात
काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा १२ करोड ९२ लाख रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट १२ करोड ९२ लाख १ हजार रुपैयाँ बराबरको २०७ किलो यार्सागुम्बा विदेश निर्यात भएको हो । नेपालबाट निर्यात भएको यार्सागुम्बा कम्बोडिया, चीन, हङकङ, मलेसिया, मेक्सिको, नेदरल्यान्ड्स, पोल्यान्ड, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, संयुक्त अधिराज्य र ...

डोल्पामा हिमपातले ६ भारतीय पर्यटक सम्पर्कविहीन
काठमाडौं।भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। कात्तिक १४ गते राति करिब ९ बजे उनीहरू हिमपातमा फसेको जानकारी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। सम्पर्कविहीन हुनेमा प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत ६ जना छन्। घटनाबारे जानकारी पाएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धारको प्रक्रिया अघि बढाइएको छ। सञ्चार सम्पर्कमा समस्या हुँदा पर्यटकहरूको ...

भोलिदेखि ३ महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने
भोलि (कात्तिक १६ गते)देखि तीन महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ। सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पद... ...

तिहारमा पानी पर्ने सम्भावना कति ?
काठमाडौं । जलवायु तथा मौसमविज्ञ उज्ज्वल उपाध्यायले आगामी दुई सातासम्म नेपालमा ठूलो मौसमी प्रणाली विकसित हुने सम्भावना कम रहेको बताएका छन्। उनले बंगालको खाडीमा विकसित भइरहेको भनिएको ‘मुरासु’ नामक चक्रवाती वर्षा प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना नरहेको बताएका हुन्। उपाध्यायका अनुसार उक्त प्रणालीको प्रभाव भारतको बिहारसम्म पनि पुग्न कठिन देखिएकाले नेपालमा त्यसको प्रभावबारे अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन। नेपालमा अबको कम्तीमा दुई सातासम्म ...


