Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पुरानो चलचित्र ऐन प्रतिस्थापन गर्न नयाँ कानुन ल्याइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुरानो चलचित्र ऐन प्रतिस्थापन गर्न नयाँ कानुन ल्याइँदै
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न समयानुकूल नयाँ कानुन ल्याउन लागिएको बताएका छन्। सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा प्रवर्द्धन, सूचना प्रवाह, सिर्जनशीलता र आर्थिक विकासमा योगदान पुर्‍याउने उद्योगका रूपमा विकास गर्ने उद्देश्यले विधेयक तयार पारिएको बताए। उनले प्रस्तावित विधेयकले चलचित्र क्षेत्रका वर्तमान आवश्यकता र भविष्यका सम्भावनालाई समेटेको उल्लेख गरे। चलचित्र क्षेत्रका समस्या पहिचान गरी समाधान गर्ने र उद्योगका रूपमा विकास गर्न सहयोग पुर्‍याउने गरी नयाँ कानुन बनाउन लागिएको उनको भनाइ थियो। विधेयकमाथिको छलफलमा प्राप्त रचनात्मक सुझाव समेटेर आवश्यक परिमार्जन गर्न पनि उनले आग्रह गरे। मन्त्री तिमिल्सिनाले चलचित्रको ‘सेन्सर’ र वर्गीकरणबीचको भिन्नता कानुनमै स्पष्ट हुनुपर्ने बताए। अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी कुन विषयमा सेन्सर आवश्यक हुन्छ र कुनलाई वर्गीकरणमार्फत व्यवस्थापन गर्न सकिन्छ भन्ने छुट्याउनुपर्ने उनको भनाइ थियो। उनले चलचित्र विकास बोर्डको उद्देश्य, भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था पनि कानुनबाटै स्पष्ट गर्नुपर्ने बताए। बोर्डलाई प्रभावकारी रूपमा काम गर्न सक्ने संस्थागत क्षमता, आवश्यक स्वायत्तता र अधिकार प्रदान गर्ने व्यवस्था विधेयकमा समेटिनुपर्ने उनले उल्लेख गरे। त्यसैगरी, चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ, प्रदेश र स्थानीय तहका अधिकार तथा जिम्मेवारी स्पष्ट निर्धारण गर्नुपर्नेमा उनले जोड दिए। तीनै तहका सरकारबीच अधिकारको दोहोरोपन र अनावश्यक हस्तक्षेप नहुने गरी चलचित्र क्षेत्रका कामको जिम्मेवारी सङ्घीय कानुनमै स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो। चलचित्र क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउने, विदेशी लगानी आकर्षित गर्ने र उद्योगका वर्तमान आवश्यकता सम्बोधन गर्ने गरी कानुन बनाउनुपर्ने मन्त्री तिमिल्सिनाले बताए। विधेयकमाथि समितिमा हुने छलफल र संशोधनबाट चलचित्र क्षेत्रले अपेक्षा गरेका व्यवस्था समेटिने विश्वास व्यक्त गर्दै उनले व्यावसायिक विकासमा सहयोग पुग्ने गरी विधेयकलाई परिमार्जन गरिने बताए। “करिब छ दशकपछि चलचित्र क्षेत्रका लागि नयाँ कानुन निर्माण गर्ने अवसर आएको छ। यसलाई चलचित्र क्षेत्रको अधिकतम हितमा उपयोग गर्नुपर्छ। यस क्षेत्रका समस्या समाधान गर्ने, संस्थागत क्षमता बलियो बनाउने र उद्योगको विकास तथा विस्तारमा सहयोग पुर्‍याउने व्यवस्था कानुनमा समेटिनुपर्छ”, उनले भने। विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्दै सरकारले चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, नियमन र व्यावसायिक विस्तारका लागि चलचित्र विधेयक, २०८१ अघि बढाएको हो। विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने र बोर्डको नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ। विधेयकमा चलचित्र प्रदर्शनमा ‘बक्स अफिस’ प्रणाली अनिवार्य गरी टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि र दर्शकको रुचिसम्बन्धी विवरण पारदर्शी बनाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ। चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवर्द्धन तथा आदिवासी जनजाति समुदायका कलात्मक र बौद्धिक चलचित्रको संरक्षणका विषय पनि समेटिएका छन्। त्यस्तै, स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षित गर्ने र नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने व्यवस्था विधेयकमा राखिएको छ। नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने र नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा सहयोग पुर्‍याउने लक्ष्यसमेत विधेयकले राखेको छ। बैठकमा समिति सभापति डा. ओजस्वी शेरचनले विधेयकका २६ दफामा १२२ वटा संशोधन प्रस्ताव परेको जानकारी गराएकी थिइन्। बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग पनि छलफल भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वैभव सूर्यवंशीको विश्व कीर्तिमान, २८ बलमै बनाए शतक
Latest NewsJust now

वैभव सूर्यवंशीको विश्व कीर्तिमान, २८ बलमै बनाए शतक

काठमाडौँ । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटको इतिहासमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । १५ वर्षीय सूर्यवंशीले लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा... ...

रातोपाटी
कांग्रेसको आधिकारिकता उल्टिन्छ भन्नु संसद् पुनःस्थापना हुन्छ भन्नुजस्तै हो : थापा
Latest NewsJust now

कांग्रेसको आधिकारिकता उल्टिन्छ भन्नु संसद् पुनःस्थापना हुन्छ भन्नुजस्तै हो : थापा

सभापति थापाले अदालतमा विचाराधीन मुद्दालाई देखाएर पार्टीको नेतृत्व र आगामी गतिविधिबारे अन्योल सिर्जना गर्न खोजिएको भन्दै महाधिवेशन सम्पन्न भइसकेको र अब पार्टी आफ्नै नेतृत्वमा अघि बढ्ने बताएका छन् । ...

कान्तिपुर
चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु
Latest NewsJust now

चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मझराकी १३ वर्षीया कमला सिंह ठकुरीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । सोमबार साँझ घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालिकामाथि आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement