पार्टीभित्रको तिक्तता र असहिष्णुता हटाएर सहकार्य गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्छ : गगन थापा

पोखरा, कात्तिक १० । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता हटाएर प्रतिस्पर्धाका कारण एकअर्कासँग सहकार्य गर्न नसक्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनु भएको छ । बिपी स्मृति पुस्तकालयले मंगलवार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो घोषणा गर्नुभएको हो । अधिवेशनबाट नेतृत्व चयन गर्नुका साथै पार्टीले गरेका निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ । पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा भए पनि त्यसलाई आम निर्वाचनको जस्तो जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने प्रक्रियाका रूपमा लिन नहुने पनि थापाले बताउनु भयो । ‘पार्टीभित्र सबैले आफ्नो भूमिका र स्थान पाउनुपर्छ। केन्द्रीय समितिमा प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य साथीहरूलाई समेत समेटेर अघि बढ्नुपर्नेछ। पार्टीभित्र त सबैले स्पेस पाउनुपर्छ। जित्नेले हस्तिनापुर पाएको जस्तो र हार्ने चाहिँ गयो भन्ने जस्तो होइन,’ थापाले भन्नुभयो । सभापति थापाले प्रतिस्पर्धामा सहभागी भएका नेताहरूले त्यसबाट अनुभव र सिकाइ प्राप्त गर्ने उल्लेख गर्दै विभिन्न व्यक्तिका फरक फरक योग्यता, अनुभव र क्षमतालाई पार्टीको हितमा उपयोग गर्नुपर्ने बताउनु भयो। पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता हटाउनुपर्ने भन्दै प्रतिस्पर्धाका कारण एकअर्कासँग सहकार्य गर्न नसक्ने अवस्था अन्त्य गर्नुपर्ने निर्देशन पनि दिनुभयो । यस्तो थापाले पार्टीको अधिवेशनमा वडादेखि केन्द्रसम्म संस्थागत रूपमा गुट निर्माण हुने परिपाटी अन्त्य गर्ने प्रयास गरिएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरिने बताउनु भएको छ । केन्द्रीय समिति बैठकमा छलफल गरेर प्रदेश र जिल्लाको अधिवेशनको मिति तय गरिने बताउनु भयो । ‘हामीले केही समयपछि प्रदेशको अधिवेशन गर्नुपर्ने छ, जिल्लाको अधिवेशन गर्नुपर्ने छ। अब केन्द्रको बैठक राखेर साथीहरूसँग सल्लाह गर्छु। स्थानीय चुनाव पनि आउँदै छ, त्यसलाई समेत ध्यानमा राखेर तिथिमिति तय गर्छाैं,’ सभापति थापाले भन्नुभयो । सभापति थापाले नेपालको इतिहासमा धेरै प्रतिनिधि एकै ठाउँमा भेला भएर सम्पन्न भएको कांग्रेसको पहिलो अधिवेशन भएको दाबी समेत गर्नुभयो । अधिवेशनको व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबैको साथ र सहयोगमा सफलतापूर्वक सम्पन्न भएको थापाको भनाइ छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

हुम्लाको मौलिक परम्परा : धामीले कम्मरमा भाँचे फलामको डण्डा
हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्। स्थानीय देवीदेवताको पूजाआजा तथा परम्परागत नाचका क्रममा धामीले आफ्नै कम्मरमा फलामको डण्डा भाँचेर प्रदर्शन गरेको दृश्यले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो। कर्णालीका हिमाली जिल्लामा धामी नाच स्थानीय धार्मिक आस्था, विश्वास र मौलिक संस्कृतिसँग जोडिएको परम्परा हो। विभिन्न ...

हिमालय टिभीले एनपीएल तीन भाषामा प्रसारण गर्ने, जनकपुरको खेलमा मैथिली कमेन्ट्री पनि
नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, अङ्ग्रेजी भाषाको कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण भने हिमालय स्पोर्ट्स च्यानलमार्फत हेर्न सकिनेछ। ...

५ करोडभन्दा बढी पटक हेरियो, ‘मायालाई के दिऊँ म बैना’
अभिनेत्री स्वस्तिमा खड्काले एउटा फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’ उनले यो प्रसङ्ग उप्काउनुको कारण हो, ‘मायालाई के दिऊँ म बैना’ले पाएको सफलता । यो गीतले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएपछि दङ्ग… ...

बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरका खानामा ५० प्रतिशत छुट
१० कात्तिक, काठमाडौं । बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलले चाडपर्वलाई लक्षित गर्दै आफ्ना तीन वटा डाइनिङ आउटलेटका खानामा ५० प्रतिशत छुट दिने भएको छ। होटलले प्रत्येक मंगलबार र बुधबार उपलब्ध गराउने उक्त छुट आगामी नोभेम्बर ३० सम्म लागु हुने जनाएको छ। यो अफर सिट्रस क्याफे, रिपब्लिक अफ नुडल्स र स्लाउन्जमा उपलब्ध हुनेछ। सिट्रसमा भारतीय, नेपाली… ...

