पाकिस्तानका हुसेन तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं।पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’ बाट खेल्ने भएका छन्। कर्णालीले ३० वर्षीय तलतलाई आज विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो। “पाकिस्तानका अलराउन्डर हुसेन तलत अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,” कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ। हुसेनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एक दिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। उनले १२ एक दिवसीय खेलमा २२४ रन तथा २३ टी–२० अन्तर्राष्ट्रिय खेलमा ४४१ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा सात विकेट पनि छ। घरेलु तथा विभिन्न ‘फ्रेन्चाइज’ प्रतियोगितामा नियमित खेल्दै आएका तलतसँग टी–२० क्रिकेटमा राम्रो अनुभव छ। अलराउन्डर तलतले अहिलेसम्म २०४ खेलबाट तीन हजार ९५० रन बनाएका छन्। हुसेनले पाकिस्तान सुपर लिग (पिएसएल), बङ्लादेश प्रिमियर लिग (बिपिएल) लगायत प्रतिष्ठित व्यावसायिक लिग खेलिसकेका छन्। अब उनी नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि जोडिँदै छन्। एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

खोटाङमा आगलागी हुँदा १६ लाख ५५ हजार बराबरको क्षति
विद्युत् सर्ट भएर आगलागी हुँदा मंगलटार घुर्चुमा घर, मतान र बाख्रा खोर जलेर नष्ट भएका छन् । ...
एनपिएलको तेस्रो संस्करणको टिकट मूल्य सार्वजनिक, आज राति ८ बजेदेखि बिक्री खुला
• एनपिएलको तेस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० र प्रिमियम टिकट १,००० रुपैयाँ। • इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकट १,००० र प्रिमियम टिकट २,००० रुपैयाँमा उपलब्ध। • टिकट आज राति ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ, प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुनेछ। ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि २ हजारसम्म
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले लिग चरणका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ निर्धारण गरेको छ। त्यसैगरी, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले ...

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार, गत वर्ष भन्दा १५ प्रतिशत बढी
सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड ...


