धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार, गत वर्ष भन्दा १५ प्रतिशत बढी

सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो । दसैँमा मासुको खपत बढ्ने भएकाले धरानको खसीबोका बजारमा हरेक वर्ष कारोबार बढ्ने गरेको व्यवस्थापक भट्टराईले बताए । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । धरान कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । हप्तामा विशेषगरी बिहीबार र शुक्रबारका दिन खसीबोकाको बजार लाग्ने भएकाले उल्लेख्य सङ्ख्यामा व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, मोरङको कानेपोखरी, बेलबारीसहित तराई क्षेत्रबाट पनि किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि यहाँ आउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए । धरानमा खरिद बिक्री हुने खसीबोका छिमेकी देश भारतसम्म निर्यात हुने गरेको बजार व्यवस्थापन समितिले जनाएको छ । कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषिउपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमासमेत योगदान पु¥याएको व्यवस्थापक भट्टराईले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

श्रीलङ्काली स्टार अलराउन्डर एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उत्कृष्ट ब्याटिङ, उपयोगी... ...

गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित : मन भने अझै टिमुरेकै थातथलोमा
काठमाडौँ । स्वयम्भूको शान्त डाँडामा बिहानैदेखि बौद्ध मन्त्रका गुञ्जन सुनिन्छन् । हावामा फरफराइरहेका लुङ्दार र घिउका बत्तीहरूको मधुरो सुवासबिच मुस्ताङ गुम्बाको आँगनमा छन्- भोटेकोशी बाढीबाट बिस्थापित टिमुरेका स्थानीय । गत भदौ... ...

धरानमा दसैंमा २६ करोड बढीको खसी–बोका कारोबार
सुनसरी।बडादसैंलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यस वर्ष २६ करोड २५ लाख बराबरको खसी–बोका कारोबार भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसी–बोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। गत वर्ष २०८२ को दसैंमा कृषिउपज बजारबाट २३ करोड बराबरको खसी–बोका कारोबार भएको ...

दसैँको टीकाकै दिन मोरङका दोर्ण पोल्यान्डमा अस्ताए
युरोपेली मुलुक पोल्यान्डमा दसैँको टीकाको दिन एक नेपालीको मृत्यु भएको छ। मोरङ उर्लाबारी, स्कुलडाँडाका ५० वर्षीय दोर्ण प्रसाद गौतमको बुधबार मृत्यु भएको हो। गौतमको निधन सुतेको अबस्थामा भएको सँगै काम गर्ने उनकी बहिनी ज्वाइँ मोरङ रङ्गेलीका राजेश अधिकारीले पुष्टि गरे। राजेश र दोर्ण रोजगारीको सिलसिलामा एकैदिन सन् २०२३ अक्टोबर २ मा पोल्यान्ड आएका थिए। उनको मृत्... ...


