पाकिस्तानका कप्तान फरहान एनपीएल खेल्न आइपुगे काठमाडौं

काठमाडौं । पाकिस्तानका टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन् । उनी कर्णाली याक्समा अनुबन्ध भएका छन् । फरहानलाई कर्णालीको व्यवस्थापन टोलीले विमानस्थलमा स्वागत गरेको थियो । फरहान यसपटक एनपीएल खेल्ने ठूला स्टार मध्ये एक हुन् । फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो छाप छाडेका थिए । उनले प्रतियोगितामा छ खेल खेल्दै दुई शतकसहित ३८३ रन बनाएका थिए । उनले प्रतियोगितामा बनाएको ३८३ रन एकै संस्करणको पुरुष टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो । ३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी हुन् । उनले पाकिस्तानका लागि ५१ टी–२० अन्तरराष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन् । उनले व्यावसायिक क्रिकेटमा हालसम्म लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेलेका छन् । फरहानका लागि एनपिएल चौथो विदेशी लिग हुनेछ । एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ देखि कीर्तिपुरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कर्णालीका आठ पालिकामा अझै पुगेन सडक
डोल्पाका चार, कालीकोटका तीन र मुगुको एक स्थानीय तहका केन्द्र राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेका हुन् । ...

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
• वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। • रदरफोर्डले टी–२० क्रिकेटमा ५ हजार ९० रन बनाएका छन् र उनले विभिन्न फ्रेन्चाइज क्रिकेटमा अनुभव प्राप्त गरेका छन्। • सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्। ...

दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुको चाप बढ्दै
काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेका छन् । यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी... ...

बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते
काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। उपचारका क्रममा बिहान १०:०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ७ गते बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं ...


