Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द

पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द

10/19/2026, 8:22:40 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द

पहिरो र बाढीका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार म्याग्दी र सुर्खेतमा सडक एकतर्फी सञ्चालनमा रहे पनि गोरखामा भने सडक पूर्ण रूपमा अवरुद्ध छ। प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा असोज १० गते बिहान ५:५० बजेदेखि अवरोध भएको हो। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आसपासको क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिमा रहेको फलामे पुलमा समस्या आएपछि गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त सडकखण्डमा असोज २५ गते बिहान ५:३० बजेदेखि आवागमन ठप्प छ। यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा कात्तिक १ गते बिहान ५:४५ बजेदेखि अवरोध भएको विवरणमा उल्लेख छ। नेपाल प्रहरीले विपद्का कारण सडक आवागमन प्रभावित भएकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एसियन पारा खेलकुद : स्वीमिङका हर्कमान घर्ती फाइनलमा
OthersJust now

एसियन पारा खेलकुद : स्वीमिङका हर्कमान घर्ती फाइनलमा

२ कात्तिक, काठमाडौं । नेपाली पारा पौडी खेलाडी हर्कमान घर्ती जापानमा जारी आइची–नागोया २०२६ एसियन पारा खेलकुदको पुरुष ५० मिटर फ्रिस्टाइल एस–५ स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय पारा पौडी संघ नेपाल (एनपीएसएएन) का अनुसार हर्कमानले हिट्स चरण पार गर्दै फाइनलमा स्थान बनाएका हुन् । एसियन पारा खेलकुदको यस स्तरमा फाइनल पुग्ने उनी पहिलो… ...

अनलाइन खबर
राजनीतिक आडम्बरभित्रको ‘छ माया छपक्कै–२’
OthersJust now

राजनीतिक आडम्बरभित्रको ‘छ माया छपक्कै–२’

४० को दशकमा टेलिभिजन भएको घर चरिकोटमा निकै कम थियो । साँझ परेपछि महाभारत सिरियल हेर्न टेलिभिजन भएको घरमा छिमेकीको भीड लाग्ने गर्थ्यो । मेरा कान्छा मामा (श्यामकृष्ण श्रेष्ठ) को घरमा पनि २४ इन्चको रङ्गीन टेलिभिजन थियो । हरेक साँझ हामी उहाँको कोठामा महाभारत सिरियल हेर्न जम्मा हुने गर्थ्यौँ । सिरियलको बीचबीचमा आउने विज्ञापनको समयमा… ...

अनलाइन खबर
रोहित शेट्टीदेखि सलमान खानसम्म, बलिउडका यी सेलिब्रेटीमाथि कसले गरे आक्रमण ?
OthersJust now

रोहित शेट्टीदेखि सलमान खानसम्म, बलिउडका यी सेलिब्रेटीमाथि कसले गरे आक्रमण ?

बलिउड अभिनेता टाइगर श्राफको कारमा आइतबार साँझ मुम्बईमा अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन् । गोली प्रहारको घटनामा दुई जना घाइते भएका छन् । पछिल्ला केही वर्षमा बलिउडसँग सम्बन्धित विभिन्न सेलिब्रेटीमाथि ज्यान लिने उद्देश्यले आक्रमण गर्ने प्रयास भएका छन् । टाइगर श्राफमाथि भएको आक्रमणले फेरि एकपटक यस्ता व्यक्तिको सुरक्षाबारे चिन्ता बढाएको छ । पछिल्लो समय… ...

अनलाइन खबर
शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आग्रह
OthersJust now

शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आग्रह

यस वर्षको दशैँ तिहार र छठ पर्व संयमित रूपमा मनाउन पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले आग्रह गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी र यहि असोज २५ मा गोरखाको बूढीगण्डकी नदीमा आएको भिषणबाढीबाट ज्यान गुमाएका मानिसहरु प्रति सम्मान व्यक्त गर्दै यसवर्ष चाडपर्व मनाउनुपर्ने उनले बताए । देश शोकमा रहेका बेला चाडपर्वका नाममा तडकभडक नगरी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play