काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाले आज (शुक्रबार) पनि देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ । त्यस्तै, आज देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा आकाशमा बादल लाग्ने भएकाले मौसममा सामान्य परिवर्तन हुन सक्ने देखिएको जनाइएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






