Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

पशु ढुवानीमा चरम लापर्बाही, ७२ घण्टासम्म भोकैप्यासै यात्रा गर्न बाध्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
पशु ढुवानीमा चरम लापर्बाही, ७२ घण्टासम्म भोकैप्यासै यात्रा गर्न बाध्य
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ७ । मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपक्षीको ढुवानीमा चरम लापर्बाही हुने गरेको पाइएको छ । लामो दूरीसम्म दानापानी नदिने, क्षमताभन्दा बढी पशु एउटै गाडीमा कोच्ने र अनुपयुक्त सवारीसाधन प्रयोग गरेर ओसारपसार गर्ने गरिएको तथ्य सार्वजनिक भएको हो । नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा फोटो र भिडियो संकलनका क्रममा विशेषगरी राँगाभैँसी, बाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्ड उल्लङ्घन हुने गरेको पाइएको जनाएको छ । समाजले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सुदूरपश्चिमको कैलाली, टीकापुर र अत्तरियालगायत क्षेत्रबाट काठमाडौंसम्म भैँसी ल्याउन ४८ देखि ७२ घण्टासम्म लाग्ने जानकारी दिएको छ । यस अवधिमा कतिपय पशुलाई पानी र खाना समेत उपलब्ध नगराउने गरिएको पाइएको छ । लामो दूरीको यात्रामा पशुलाई पानी खुवाउने, खाना दिने र आराम गराउने व्यवस्था हुनुपर्ने भए पनि एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने गरिएको समाजका निर्देशक हरि जोशीले बताउनुभयो । यसरी ढुवानी गर्दा पशुलाई चोटपटक लाग्ने, घाउ हुने तथा शारीरिक र मानसिक पीडा भोग्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार राँगाभैँसीलाई विशेष प्रयोजनका लागि तयार गरिएका ढुवानी गाडीको सट्टा तरकारी तथा अन्य सामान बोक्ने ट्रकमा ओसारपसार गर्ने गरिएको छ । कतिपय अवस्थामा साना र ठूला राँगाभैँसीलाई एउटै ठाउँमा राख्ने र पर्याप्त स्थान नदिई बाँधेर ल्याउने गरिएकाले उनीहरूलाई थप असहज हुने गरेको उहाँको भनाइ छ । कुखुरा तथा बाख्राको ढुवानीमा पनि यस्तै समस्या देखिएको निर्देशक जोशीले बताउनुभयो । पशुपक्षीमाथि हुने यस्ता व्यवहार न्यूनीकरण गर्न समाजले जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । ढुवानीका क्रममा देखिएका समस्या उजागर गर्न फोटो तथा भिडियो संकलन गरी सार्वजनिक गर्ने अभियानसमेत सुरु गरिएको छ । निर्देशक जोशीले पशुपक्षीको व्यापार तथा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रुर व्यवहार रोक्नुपर्नेमा जोड दिनुभयो । पशु पनि जीवित प्राणी भएकाले उनीहरूलाई भोक, प्यास, डर र पीडा हुने उल्लेख गर्दै सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्य र सबै सरोकारवाला निकायको दायित्व भएको उहाँले बताउनुभयो । सरकारले पशु ढुवानीका लागि मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । पशु ढुवानी मापदण्डलाई समयानुकूल परिमार्जन गर्ने विषयमा सरकारी निकायले चासो देखाए पनि कार्यान्वयनमा भने अपेक्षित प्रगति हुन नसकेको उहाँले बताउनुभयो । पशु ढुवानीलाई व्यवस्थित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने र त्यस्ता गाडी खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारले सहुलियत र राजस्व छुट दिनुपर्ने सुझाव पनि उहाँले दिनुभयो । त्यस्तै, लामो दूरीमा पशु ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल स्थापना गर्नुपर्ने उहाँको भनाइ छ । त्यस्ता केन्द्रमा पशुलाई पानी तथा दानापानी खुवाउने, आराम गराउने र आवश्यक उपचार गर्ने व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो । काठमाडौंमा पशु ढुवानीका कारण उत्पन्न हुने फोहोर तथा सरसफाइको समस्या न्यूनीकरण गर्न चितवन आसपासमै आधुनिक र व्यवस्थित वधशाला स्थापना गर्न सकिने विकल्प पनि उहाँले प्रस्तुत गर्नुभयो । समाजका अनुसार काठमाडौंमा राँगाभैँसी तथा अन्य पशुपक्षी कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर र विराटनगरलगायत क्षेत्रबाट ल्याइने गरेका छन् । पशु ढुवानीको अनुगमन प्रणालीसमेत प्रभावकारी हुन नसकेको समाजको निष्कर्ष छ । विभिन्न स्थानमा रहेका क्वारेन्टाइन कार्यालयले पशुको स्वास्थ्य प्रमाणपत्रका आधारमा ढुवानी प्रक्रिया अघि बढाउने गरे पनि वास्तविक अवस्थामा पशुलाई कसरी ओसारपसार गरिएको छ भन्ने विषयमा पर्याप्त स्थलगत अनुगमन हुन नसकेको जोशीले बताउनुभयो । पशु ढुवानीसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिदबिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच समन्वय र सहकार्य बढाउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वावलम्बन र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ?
Economy & BusinessJust now

स्वावलम्बन र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । स्वावलम्बन र महुली लघुवित्तले लाभांश घोषणा गरेका छन्। दुवै संस्थाले मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकबाट लाभांश वितरण गर्ने निर्णय गरेका हुन्। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद वितरण गर्ने गरेको छ ।  त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ९.५ प्रतिशत बोनस सेयर र कर प्र… ...

आर्थिक न्यूज
बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने
Economy & BusinessJust now

बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने

नयाँ दिल्ली । भारतीय उद्योग परिसंघ (सीआईआई) ले नेपालका बाढी प्रभावित क्षेत्रमा उद्योग व्यवसाय पुनःसञ्चालन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि पुनर्जीवित गर्न सहकार्य गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँगको साझेदारीमा परिसंघले प्रभावित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनःस्थापना र स्थानीय आपूर्ति शृंखला सुधारलाई प्राथमिकतामा राखेको हो ।… ...

आर्थिक न्यूज
प्रधानमन्त्रीको भारत भ्रमणबाट ऊर्जा, पूर्वाधार र लगानीमा नयाँ उपलब्धिको अपेक्षा, ऐतिहासिक हुने अर्थमन्त्री वाग्लेको विश्वास
Economy & BusinessJust now

प्रधानमन्त्रीको भारत भ्रमणबाट ऊर्जा, पूर्वाधार र लगानीमा नयाँ उपलब्धिको अपेक्षा, ऐतिहासिक हुने अर्थमन्त्री वाग्लेको विश्वास

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने अपेक्षा व्यक्त गरेका छन् । उनले आइतबार प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका हुन् । ‘हामी यो भ्रमण ऐतिहासिक हुने अपेक्षा गर्छौं,’ वाग्लेले भने । भारतका लागि नेपालका पूर्वराजदूत … ...

आर्थिक न्यूज
दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि पुल उदघाटन र जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्मका सेड्यूल
Economy & BusinessJust now

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि पुल उदघाटन र जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्मका सेड्यूल

नयाँदिल्ली, मंसिर ७ । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको आज दोस्रो दिन उच्चस्तरीय राजनीतिक भेटवार्ता, द्विपक्षीय छलफल र महत्वपूर्ण पूर्वाधार परियोजनाको शुभारम्भलगायतका कार्यक्रम तय भएका छन्। परराट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नुहुनेछ । भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा ऊर्जा, जलविद्युत्, व्यापार, पारवहन, रेल तथा ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement