पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले विसं २०७६ देखि जिल्लामा पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा पशुमा दुई लाख १२ हजारभन्दा बढी मात्रा खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका पाँचवटै स्थानीय तहका ३२ हजार ७९४ पशुपालक घरपरिवारलाई समेटेर दुई लाख १२ हजार ४७० मात्रा खोप लगाइएको हो । खोप कार्यक्रमबाट खोरेत, पिपिआर, लम्पी स्किन, रेबिजलगायत पशुमा लाग्ने रोगको जोखिम न्यूनीकरणमा सहयोग पुगेको कार्यालयका प्रमुख डा. ग्रिष्म न्यौपानेले जानकारी दिए । “पशुमा महामारीजन्य रोगको सङ्क्रमण नियन्त्रण गर्न समयमै खोप लगाउनु महत्वपूर्ण हुन्छ । नियमित खोप कार्यक्रमले पशुमा रोग लाग्ने र फैलिने जोखिम घटाउनाका साथै पशुको स्वास्थ्य संरक्षण, उत्पादन तथा उत्पादकत्व वृद्धि र पशुबाट मानिसमा सर्न सक्ने जुनोटिक रोग नियन्त्रणमा पनि सहयोग पुगेको छ । पूर्ण खोप कार्यक्रमपछि विगतका तुलनामा खोरेत लगायतका महामारीजन्य रोग धेरै नै कम भएको छ,” कार्यालय प्रमुख डा. न्यौपानेले भने । कार्यालयका अनुसार गत आवमा खोरेत रोगविरुद्ध ८० हजार ६२६, पिपिआरविरुद्ध ८७ हजार ४७२, लम्पी स्किनविरुद्ध ३२ हजार ३२७, रेबिजविरुद्ध आठ हजार ४२९, क्लासिकल स्वाइन फिभरविरुद्ध दुई हजार ५३ र डिएचपिपिएल खोप एक हजार ४०० मात्रा लगाइएको थियो । पूर्ण खोप कार्यक्रमका लागि गत वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन गरिएकामा रु एक करोड ३४ लाख ९२ हजार ७५० खर्च भएको थियो । खोप कार्यक्रम सञ्चालनका लागि जिल्लामा १७२ जना खोपकर्तालाई परिचालन गरिएको थियो । कार्यालय प्रमुख डा. न्यौपानेले भने, “कार्यक्रमले पशुपालकलाई पशुमा रोग लागेपछि उपचार गर्ने अवस्थाबाट रोग लाग्न नदिन पूर्वतयारी गर्ने अभ्यासतर्फ प्रोत्साहित गरेको छ ।” पशुमा महामारीजन्य रोग फैलिँदा पशु मर्ने, उत्पादन घट्ने र पशुपालकले आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले नियमित खोप, रोगको निगरानी र समयमै उपचारलाई प्राथमिकता दिनुपर्ने हुन्छ । पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिम घटाउन पनि पशु स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको पशु विकास अधिकृत सहदेव पौडेलले बताए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा (तस्बिरहरु)
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि,... ...

कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश
बडादसैँको समापन हुने दिन र कार्तिक स्नान सुरु हुने अघिल्लो दिन आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा हुन्छ । कार्तिक महिनाको पूर्णिमालाई ‘कार्तिक पूर्णिमा’, ‘त्रिपुरारी पूर्णिमा’ वा ‘देव दीपावली’ भनिन्छ ।... ...

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट […] ...

नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले ...


